Featured News

बल्झियो प्रदेश विवाद
less than an hour ago. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले ११ प्रदेशको प्रस्ताव फिर्ता वा आफूलाई स्वीकार्य सहमति नभए सरकारबाट बाहिरिने जनाएपछि १० वा १४ प्रदेशमा सहमति खोज्न थालिएको छ । 'माओवादी अध्यक्ष प्रचण्डजी (पुष्पकमल दाहाल) ले प्रदेशको प्रस्ताव फिर्ता लिन सकिने बताउनुभयो । अब १० वा १४ प्रदेशको प्रस्तावमा सहमति खोजिने उहाँले बताउनुभएको छ,' मोर्चाको एउटा घट ... read full news >>    
संविधानका सहमति खारेज गर्न संसदमा दबाब
less than an hour ago. १४ भित्र संविधान जारी गर्ने गरी अन्तरिम संविधान संशोधन प्रक्रिया अघि बढाउन बसेको व्यवस्थापिका संसदको बैठक सत्तापक्षकै सभासदहरूले अवरुद्ध गरेका छन्। अन्तरिम संविधानको धारा ७० संशोधन गर्न संसदमा दर्ता भएको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेकामा त्यसप्रति नै विरोध जनाउँदै अवरुद्ध गरेपछि बाँकी ८ दिनमा संविधान जारी गर्ने प्रक्रिया अवरुद्ध भएको छ। ... read full news >>    
एमालेलाई चार मन्त्रालय
3 hours ago. डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा एमालेको भागमा परराष्ट्रसहित ऊर्जा, युवा तथा खेलकुद र कृषि मन्त्रालय परेको छ । एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको बैठकले बिहीबार एमालेले पाउने मन्त्रालयको टुंगो लगाएको हो । एमाओवादी र कांग्रेसले पाउने मन्त्रालयको टुंगो भने शुक्रबार लगाइने भएको छ । ‘कांग्रेस र माओवादीले पाउने मन्त्रालयक ... read full news >>    
अनिश्चितकालीन नेपाल बन्द फिर्ता, ब्राह्मण क्षेत्री पनि आदिवासी
yesterday. सरकार र प्रमुख दलका शीर्ष नेताले बाहुन, क्षेत्री र सन्यासीलाई आदिवासिमा सुचिकृत गर्ने लिखित सहमति गरेपछि ब्राह्मण, क्षेत्रीलगायतका ११ जातीय समूहले आजदेखि आह्वान गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ। प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मन्त्री एवं माओवादी नेता वर्षमान पुनले ... read full news >>    
Related news
ब्राह्मण–क्षत्री पनि आदिवासीमा 3 hours ago
ब्राह्मण–क्षत्री पनि आदिवासीमा
Posted 3 hours ago. काठमाडौ,५ जेठ । ब्राह्मण, क्षत्रीसहित ११ जातीय समूहलाई आदिवासीको सूचीमा सूचीकृत गर्न सरकार सहमत भएको छ । सहमतिपछि ब्राह्मण, क्षत्री, ठकुरी, दसनामी तथा दलितको संयुक्त संघर्ष समितिले अनिश्चितकालीन आमहडताललगायत संघर्षका सबै कार्यक्रम फिर्ता लिएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बिहीबार राति भएको वार्तामा यस्तो सहमति भएको हो । दुई पक्षबीच भएको ... Read More Comments Like Share
‘राजधानी बन्दका कारण सर्वसाधारणलाई समस्या’
less than an hour ago. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । तोकिएको समयमा संविधान, हिन्दू राज्य, अखण्ड नेपाललगायतका माग राखेर राप्रपा नेपालले आह्वान गरेको बन्दको प्रभाव राजधानीमा परेको महानगरीय प्रहरीले जनाएको छ । बन्दका बावजुद पनि निजी तथा केही भाडाका सवारी साधन चलेको प्रहरी भनाई छ । बन्द गराउन हिडेका संसदीय दल ... read full news >>    
आन्दोलन गर: भारतीय कूटनीतिज्ञ
less than an hour ago. संविधानको गाँठो फुक्नै लागेका बेला वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीले मध्य तराईका राजनीतिक नेतृत्वलाई आन्दोलन गर्न उक्साएका छन् । वाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एस.डी. मेहता बुधबार स्थानीय भिस्वा होटलमा पर्सा र बारा जिल्लाका कांग्रेस, एमाले र मधेसी फोरमका नेताहरूसँग अनौपचारिक रात्रिभोजमा सरिक थिए । त्यसक्रममा उ ... read full news >>    
मन्त्रीलाई न काम, न ठाउँ
less than an hour ago. नेपाली कांग्रेसका सभासद सूर्यमान गुरुङ मन्त्री नियुक्त भएको दुई साता बित्न लाग्यो। उनले अझै आफूले कुन मन्त्रालयको जिम्मेवारी पाउने हो भेउ पाउन सकेका छैनन्। बिनाविभागीय मन्त्री भनेर गाडी पाएका छन् , काम परेका बेला त्यसैमा हुइँकिन्छन्। कहिले बानेश्वरस्थित संविधानसभा भवन पुग्छन् त कहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालय। ... read full news >>    
राउटेले पनि मागे राज्य
less than an hour ago. विभिन्न जातजातिले आ-आफ्नो प्रदेश माग्दै आन्दोलन गरिरहेका बेला लोपोन्मुख राउटेले पनि जंगलमा राज्य मागेका छन् । 'सबैका छुट्टाछुट्टै राज्य भयो भने हामी कहाँ बस्ने ?' मुखिया मैनबहादुर शाहीले भने, 'हामीलाई अरू केही दिनु पर्दैन । जंगल राउटेको राज्य हो भनेर घोषणा गरिदिनुपर्‍यो ।' घुमन्ते समुदाय राउटेको एक टोली अहिले तुलसीपुरको पातुखोला सिरानमा छ । त्यहीं ... read full news >>    
एघार प्रदेशको संरचना नसच्याए मोर्चाले सरकार छाडेर सङ्घर्ष गर्ने
yesterday. सत्तारुढ मधेसी मोर्चाले ११ प्रदेशको सङ्घीय संरचना बनाउने तीन ठूला दलको निर्णयप्रति तीव्र असन्तुष्टी प्रकट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ एमाओवादीसँग भएको बैठकमा ११ प्रदेशको प्रस्तावमा पुनर्विचार नभए मधेसी मोर्चा सरकार छाडेर सङ्घर्षमा जाने चेतावनी दिएको छ। आफ्नो सहमतिबिना एमाओवादी, नेपाली काँग्रेस र नेकपा (एमाले) ले सङ्घीय प ... read full news >>    
Related news
मधेसी दलहरुद्वारा संविधानमा बाधा 3 hours ago
मधेसी दलहरुद्वारा संविधानमा बाधा
Posted 3 hours ago. काठमाडौं, ५ जेठ । संविधान निर्माणलाई प्रभावित पार्ने गरी मधेसी दलहरूले संसद् र सडकमा कडा विरोधका कार्यक्रम लिएर उत्रेका छन् । ११ प्रदेशको विरोध गर्दै उनीहरूले थालेको विरोधले १४ जेठमा संविधान आउनेमा पुन: संशय पैदा भएको छ । यसअघि मधेसी मोर्चासमेतको सहभागिता रहेको दलीय बैठकले ११ प्रदेशको संघीयतामा सहमति गर्दै संविधानका सबै मुख्य विवाद किनारा लगाएको थि ... Read More Comments Like Share
तमलोपाको सरकारबाट बाहिरिने निर्णय yesterday
तमलोपाको सरकारबाट बाहिरिने निर्णय
Posted yesterday. काठमाडौं, जेठ ४ - तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको केन्द्रीय कार्यसमितिले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ। पार्टी प्रवक्ता रामाशिषप्रसाद गुप्‍ताले केन्द्रीय समितिले पार्टी अध्यक्ष महेन्द्र यादवलाई सरकारबाट बाहिरिन आग्रह गरेको बताए। ... Read More Comments Like Share
११ प्रदेशको विरुद्धमा मोर्चाद्वारा सरकार छाडेर आन्दोलनमा जाने चेतावनी yesterday
११ प्रदेशको विरुद्धमा मोर्चाद्वारा सरकार छाडेर आन्दोलनमा जाने चेतावनी
Posted yesterday. काठमाडौ, जेष्ठ ४ । मधेशी मोर्चाले आफ्नो प्रतिनिधिसमेतले सर्मथन गरेको ११ प्रदेशको संघीय प्रस्तावमा पुर्नविचार गर्न माओवादीलाई आग्रह गरेको छ । पुर्नविचार नगरिए सरकार छाडेर आन्दोलनमा जाने चेतावनी पनि मोर्चाले दिएको छ ।यसैबीच यहि बिषयमा छलफल गर्न मोर्चा सहित प्रमुख तीन दलको बैठक सिंहदरवारस्थित रक्षा मन्त्रालयमा सुरु भएको छ । प्रधानमन्त्री बाबुराम भट्टर ... Read More Comments Like Share
एघार प्रदेश सहमति विपरितः मधेसी मोर्चा yesterday
एघार प्रदेश सहमति विपरितः मधेसी मोर्चा
Posted yesterday. काठमाडौं, ४ जेठ । बृहत मधेसी मोर्चाले तराईलाई खण्डित गरेर बनाईएका एघार प्रदेशको विरोधमा विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । बृहत मधेसी मोर्चाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । उसले विगतमा सरकार र मधेसवादी दलहरुवीच भएका सहमतिलाई वेवास्ता गरेर प्रमुख तीन दलले एघार प्रदेशमा सहमति गरेको आरोप लगाएको ... Read More Comments Like Share
२१९ जनालाई मानपदवी दिइने
3 hours ago. सरकारले सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई एक वर्षअघि घोषित विभूषण आगामी जेठ ९ मा वितरण गर्ने भएको छ । शीतल निवासमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामवरण यादवले विभूषण प्रदान गरी राष्ट्रका तर्फबाट सम्मान गर्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रमुख ... read full news >>    
उपत्यकाका ठूला नदीमा जग्गा विकास कार्यक्रम
yesterday. सरकारले काठमाडौं उपत्यकाका सबै ठूला नदीआसपासका क्षेत्रमा एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही महीनाभित्र जग्गा विकासको काम शुरू गरिने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त केशव स्थापितले अभियानलाई बताए । ‘उपत्यकाका नदी व्यवस्थापनका लागि अर्बौ रुपैयाँ खर्च लाग्ने भएकाले जग्गा विकास कार्यक्रममार्फत यसको स्रोत जुटाउन खोजिए ... read full news >>    
कन्टेनरमा राखिएका सेनाको हतियारबारे अन्योल
yesterday. शान्ति–सम्झौताअनुसार कन्टेनरमा राखिएका नेपाली सेनाका ३ हजार हतियारबारे निर्णय नहुँदा अन्योल उत्पन्न भएको छ । माओवादी लडाकु तथा हतियार नेपाली सेनाको मातहत आइसक्दा पनि सेनाका ती हतियारबारे कुनै निर्णय भएको छैन । ५ मंसिर ०६३ मा विस्तृत शान्ति–सम्झौता हुँदा माओवादी लडाकु र नेपाली सेनाका हतियार कन्टेनरमा राख्ने सहमति भएको थियो । माओवादी सेनाले आफ्नो शि ... read full news >>    
राष्ट्रपति-प्रधानमन्त्री अधिकार बाँडफाँड
yesterday. संवैधानिक समितिअन्तर्गत विवाद समाधान उपसमितिको कार्यदलले मिश्रित शासन व्यवस्थाअन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीमा बाँडिने अधिकार क्षेत्रको खाका तयार पारेको छ । त्यसमाथि बुधबार भएको छलफल अन्तिम टुंगोमा पुग्न बाँकी छ । राष्ट्रपति र प्रधानमन्त्रीलाई निर्दिष्ट गरिएका छुट्टाछुट्टै अधिकारबाहेक संयुक्त रूपमा निर्णय लिनुपर्ने कामहरूको सूची राख्ने वा नराख ... read full news >>    
Related news
राष्ट्रपति र प्रधानमन्त्रीलाई के के अधिकार बाँडियो? yesterday
राष्ट्रपति र प्रधानमन्त्रीलाई के के अधिकार बाँडियो?
Posted yesterday. प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू जनताको प्रत्यक्ष मतदानबाट चुनिएको राष्ट्रपतिका निर्णय संसदबाट अनुमोदन गराउनुपर्ने व्यवस्था संविधानमा गर्न सहमत भएका छन्। टुंगिएका विषय राष्ट्रपतिको अधिकार • संसद्मा बहुमतप्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने। • विधेयक प्रमाणीकरण गर्ने • बजेटबाहेकका विधेयकलाई पुनर्विचारार्थ फिर्ता पठाउनसक्ने • संसद ... Read More Comments Like Share
नेपाल बन्दले देशभरको जनजीवन प्रभावित
yesterday. संयुक्त संघर्ष समितिले अहृवान गरेको नेपाल बन्दका कारण बिहीबार देशभरको जनजीवन प्रभावित भएको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि भन्दै संर्घष समिमितले बन्दको आव्हान गरेको हो । संर्घष समितिले क्षेत्री, ब्राम्हण, दसनामी, सन्यासी, ठकुरी, दलितलगायतलाई आदिवासीमा सुचीकृत गर्नुपर्ने माग राखेको छ । सरकार र आन्दोलनरत संर्घष समितिबीच वैशाख २९ गते भएको ... read full news >>    
Related news
काठमाडौंमा ११ जना पक्राउ yesterday
काठमाडौंमा ११ जना पक्राउ
Posted yesterday. काठमाडौं, ४ जेठ । विभिन्न समूहले गरेको बन्द आह्वानका क्रममा राजधानीमा तोडफोड लगायतका कार्यमा संलग्न ११ जना लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । संयुक्त संघर्घ समितिले गरेको अनिश्चितकालिन आमहड्तालका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका बिभित्र स्थानहरुमा ढुंगा प्रहार गर्ने तथा अवरोधमा संलग्न ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सामाखुसीमा बन्द ... Read More Comments Like Share
यस्तो छ बन्दको प्रभाव काठमाडौँमा (भिडियोसहित) yesterday
यस्तो छ बन्दको प्रभाव काठमाडौँमा (भिडियोसहित)
Posted yesterday. काठमाडौँ, जेठ ४ (नागरिक)- क्षत्री, ब्राह्मण लगायत ११ संस्थाले गरेको नेपाल बन्दको पहिलो दिन काठमाडौँको जनजीवन प्रभावित भएको छ। बन्दकर्ताहरुको उपस्थिति केही चोकहरुमा मात्र भए पनि सार्वजनिक सवारी साधनको सडकमा देखिएको छैन। केही मोटरसाइकल र ट्याक्सी पनि चलेका देखिन्छन्। नागरिकको सुन्धारास्थित कार्यालयदेखि आरएनएसी, न्युरोड, जमल, दरबारमार्ग हुँदै पुत ... Read More Comments Like Share
'आम हड्ताल'ले राजधानीको यातायात प्रभावित yesterday
'आम हड्ताल'ले राजधानीको यातायात प्रभावित
Posted yesterday. काठमाडौं, जेठ ४ (नागरिक) - ब्राम्हण, क्षेत्रीलगायत विभिन्न जातीय संगठनले आयोजना गरेको अनिश्‍चितकालीन बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ। हिजो राति बन्द घोषणा गरेपनि विहान यातायात सुचारु थियो। तर, ८ बजेपछि आयोजकहरुले राजधानीका विभिन्न स्थानमा यातायातमा अवरोध सिर्जना गरेका छन्। ... Read More Comments Like Share
देश अनिश्चितकालीन बन्दको मारमा yesterday
देश अनिश्चितकालीन बन्दको मारमा
Posted yesterday. समाचार एजेन्सी एपीले विश्वभरका मिडियामा पठाएको यो फोटो अस्ति क्षेत्रीबाहुनले गरेको दुई दिने नेपाल बन्दको पहिलो दिनमा काठमाडौँमा खिचिएको हो। हरेक बन्दमा हुने लगभग यस्तै हो। आजदेखि उही क्षेत्री बाहुनहरुको संगठनले अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरेको छ र केही उग्रहरु सडकमा यसरी नै उत्रिरहेका छन्। उनीहरुमात्र हैन, अब बन्दको लामै लिस्ट बनिसकेको छ। अबक ... Read More Comments Like Share
राज्यमा जातीय आधारै : दाहाल
yesterday. एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको राज्य पुनर्संरचना समिति र आयोगको प्रतिवदेनमा टेकेर जातीय पहिचानका आधारमा संघीय राज्य निर्माण गर्ने आश्वासन दिएका छन्। चार शक्तिबीच भएको ११ प्रदेश र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको सहमति आफ्नो पार्टीकै प्रस्ताव भएकाले त्यसलाई उपलब्धिका रूपमा लिनुपर्ने पनि उनले संस्थापन पक्षको अनौपचारिक केन्द्र ... read full news >>    
पहिलो ‘राष्ट्रिय सरकार’ यस्तो…
yesterday. संविधानसभा निर्वाचन भएको चार वर्षपछि पहिलोपटक ठूला तीनवटै दल सम्मिलित राष्ट्रिय स्वरूपको सरकार निर्माण भएको छ । तर, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १९ सदस्यीय मन्त्रिमण्डलमा १४ जनालाई कुनै मन्त्रालय दिन सकेका छैनन् । यसअघि सबैभन्दा ठूलो मन्त्रिमण्डलको रेकर्ड बनाएका प्रधानमन्त्री डा. भट्टराईले यसपटक सबैभन्दा धेरै उपप्रधानमन्त्री बनाएको रेकर्ड प ... read full news >>    
Related news
चार उपप्रधानमन्त्रीको नयाँ रेकर्ड yesterday
चार उपप्रधानमन्त्रीको नयाँ रेकर्ड
Posted yesterday. बोर्ड फर्स्ट प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ नयाँ कीर्तिमान बनाउने क्रममा आज फेरि एउटा कीर्तिमान राखेका छन्। अहिलेको उनको नेतृत्वको मन्त्रिमण्डल नेपालको इतिहास मै सबैभन्दा बढी उपप्रधानमन्त्री भएको हो। पहिले हामीलाई एक जना उपप्रधानमन्त्री हुँदा नि के उप बनाइराहोला जस्तो लाग्थ्यो। तर अहिलेको मन्त्रिमण्डलमा एक हैन, दुई हैन, चार चार जना उपप्रधानमन ... Read More Comments Like Share
प्रचण्डले बैद्यलाई भने- ‘भोटिङमा धोका दिने भए प्रष्ट पार्नुस’
yesterday. माओवादी अध्यक्ष प्रचण्डले सहमतिको बिरोध गरेको वैद्य पक्षलाई संबिधानसभाको भोटिङमा पार्टी निर्देशन मान्ने नमान्ने बिषयमा प्रष्ट पार्न आग्रह गर्नुभएको छ । वैद्यलाई हिजो आफ्नै निवासमा बोलाई प्रचण्डले पार्टी निर्देशनविपरित जाने योजना भए स्पष्ट पार्न आग्रह गर्नुभएको थियो । संबिधान पारित गर्ने बेला संबिधानसभामा हुने मतदानमा वैद्य पक्षका सभासद्ले पार्टी न ... read full news >>    
२० दिनपछि सुदूर खुल्यो
yesterday. अखण्ड सुदूरपश्चिमको माग राख्दै २० दिनदेखि भइरहेको सुदूरपश्चिमको आन्दोलन सरकारसँगको तीनबुँदे सहमतिपछि बुधबार साँझबाट फिर्ता भएको छ। सुदूरपश्चिममा भएको आन्दोलनले पुर्‍याएको सम्पूर्ण मानवीय र भौतिक क्षति सरकारले ब्यहोर्ने र आवश्यक परे अखण्ड सुदूरपश्चिमबारे जनमत संकलन गर्ने तीनबुँदे सहमतिपछि आन्दोलन स्थगित भएको हो। 'आज साँझ सरकारी वार्ता टोली र सुद ... read full news >>    
Related news
अखण्डका पक्षधरले फिर्ता लिएपनि थारुको बन्द जारी yesterday
अखण्डका पक्षधरले फिर्ता लिएपनि थारुको बन्द जारी
Posted yesterday. राज्य पुनर्संरचनामा कैलाली कन्चनपुरसहित थारुवान/थारुहट प्रदेशको माग गर्दै बिहीबार पनि कैलाली बन्द छ । अखण्ड सुदूरपश्चिमको माग गर्दै आएकाले बन्द फिर्ता लिए पनि थारुवान पक्षधरले बन्द जारी जारी राखेपछि २१ औं दिन पनि कैलाली बन्द भएको हो । कैलालीको धनगढी, टीकापुर,बौनिया सुखड,पहलमानपुर लगायत साना ठुला बजार बन्द छन् । लामो समयको बन्दका कारण जनजीवन निकै क ... Read More Comments Like Share
तीन बुँदे सहमतिपछि अखण्ड सुदूरपश्चिम आन्दोलन स्थगित May 16
तीन बुँदे सहमतिपछि अखण्ड सुदूरपश्चिम आन्दोलन स्थगित
Posted May 16. काठमाडौं, जेष्ठ ३ - तीन बुँदे सहमतिपछि अखण्ड सुदूरपश्चिम माग गर्दै २० दिनदेखि जारी आन्दोलन बुधबार साँझदेखि स्थगित भएको छ । आफ्ना मागप्रति राजनीतिक दलको प्रतिबद्धता विश्वासयोग्य रहेको भन्दै आन्दोलन स्थगित गरिएको सुदूरपश्चिम सयुक्त संघर्ष समितिका सदस्य गोविन्द कडायतले जानकारी दिए । 'तत्काललाई आन्दोलन स्थगित गर् ... Read More Comments Like Share
अभियुक्तको पनि हस्ताक्षर रहने भो नयाँ संविधानमा
yesterday. संविधानसभाले जारी गर्ने नयाँ संविधानमा हस्ताक्षर गर्न पाउनु एउटा व्यक्तिका लागि ठूलो प्रतिष्ठाको विषय हुन सक्ला । तर विभिन्न फौजदारी मुद्दा लागेका सभासदले पनि यसमा सही गर्न पाउने भएपछि संविधानको मर्यादामा दाग लाग्ने चिन्ता कानुनविद्हरूको छ । अहिलेसम्मको स्थितिमा नयाँ संविधान जारी हुँदा यसमा हत्या, अपहरणजस्ता फौजदारी अभियोग लागेकाको पनि सहीछाप रहन ... read full news >>    
'हाइअलर्ट' राख्न प्रहरीको बिदा रोक्का
yesterday. प्रहरी प्रधान कार्यालयले जेठ १४ आसपासको परिस्थितिमा सुरक्षा व्यवस्था चुस्त बनाउन भन्दै प्रहरीको सबै बिदा रोकेको छ। प्रहरीहरूले भैपरी, सरकारी, बिरामी, चाडपर्व, सुत्केरी र किरियालगायत बिदा पाउँदै आएका थिए। प्रहरी प्रवक्ता विनोद सिंहका अनुसार किरिया र सुत्केरी बिदाबाहेक अरू लिन पाइँदैन। वैशाख दोस्रो सातासम्म भैपरी आउने बिदा दिए पनि डेढ सातादेखि रो ... read full news >>    
भारतले फेरि मिच्यो नेपालको सीमाना
yesterday. सप्तरीको लालपट्टी गाविसदेखि छिन्नामस्ता गाविसको गोविन्दपुरसम्म करिब सात किलोमिटर क्षेत्रफल भएको एकहजार बिघाभन्दा बढी नेपाली भूमिमा बर्षौदेखि भारतीय पक्षले अतिक्रमण गरी खेति गर्दै आएको छ । करिव पाँच दशकदेखि नेपाली भूमिको भारतीयहरुले उपयोग गर्दै आएपनि यसलाई रोक्न कुनै निकायले ठोस कदम चाल्न नसकेको खबर आजको जनधारणा साप्ताहिकले छापेको छ । ती गाविस अन्त ... read full news >>    
परिवारले यातना दिएपछि युवतीद्वारा आत्महत्या
May 16. माइतीबाट दाइजो नल्याएको भन्दै श्रीमान् लगायतले यातना दिएपछि राजधानीमा एक युवतीले आत्महत्या गरेकी छन् । काठमाडौं विजेश्वरीकी रुवि तण्डुकारले यातना सहन नसकेपछि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी कृष्णबहादुर कल्ली मगरका अनुसार रुविले यातनाकै कारण आत्महत्या गरेकी हुन् । 'पोस्टमार्टम रिपोर्टमा समेत शरीरभर ... read full news >>    
नियुक्तिपत्र माग्दा महराकै उपस्थितिमा ८७ कर्मचारीलाई जबर्जस्ती अवकाश
May 16. माओवादीनिकट मानिने व्यवसायी अजेयराज सुमार्गीद्वारा सञ्चालित नेपाल स्याटेलाइट टेलिकमले विनासूचना आफ्ना ८७ कर्मचारीलाई जबर्जस्ती अवकाश दिने निर्णय गरेको छ । स्रोतका अनुसार अवकाश दिने निर्णय भएको बैठकमा माओवादी नेता कृष्णबहादुर महरासमेत सहभागी थिए । कम्पनीको बोर्ड बैठकले ९२ मध्ये पाँच कर्मचारीलाई राखेर सबैलाई अवकाश दिने कठोर निर्णय लिएको हो । नियुक्त ... read full news >>    
नेपालमै उडान भर्ने हेलिकोप्टर निर्माण गर्ने घोषणा
May 16. बाह्रबर्षको कलिलो उमेरमै हेलिकोप्टरको नमुना बनाएर प्रदर्शन गरि चर्चाको शिखरमा पुग्न सफल रुकुमका नबिन बिश्वकर्माले अब निकट भबिश्यमै ब्यबसायीक उडान भर्न सक्ने आधुनिक हेलिकोप्टर निर्माण गर्ने घोषणा गरेका छन् । सानो उमेरमै काठको भएपनि हेलिकोप्टरको बनाएर उडाएका नबिनले अब बुटवलमै बसेर सााच्चीकै हेलिकोप्टर बनाएर उडाउने सपना बोकेर झरेका छन् भने आफ्नो मेह ... read full news >>    
चोभारमा सुकुम्बासी व्यवस्थापन जटिल
May 16. थापाथली क्षेत्रको सुकुम्वासी बस्तीलाई भत्काएपछि सरकारले त्यहाँ बसोबास गर्दै आएकालाई चोभारस्थित हिमाल सिमेन्ट कारखानाले चर्चेको क्षेत्रमा लैजाने योजना बनाइरहेको छ। सरकारको यो निर्णयले उपत्यका भित्रकै यो शान्त क्षेत्रमा केहिदिनयता भने हलचल ल्याएको छ। सिमेन्ट कारखानामाथि लागेको रिनकै कारणले यतिबेला नेपाल औद्योगिक विकास निगम (एनआइडिसी डेभलपमेन्ट ब ... read full news >>    
सात नयाँ मन्त्रीलाई सपथ
May 16. प्रधानमन्त्री बावुराम भट्टराईले आज मन्त्रिमण्डल विस्तार गर्दै नयाँ सात मन्त्रीलाई सपथ दिलाएका छन् । एमालेका इश्वर पोखरेलले उपप्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको विशेष कार्यक्रममा एमाले र साना दलका तर्फबाट सिफारिस मन्त्री सहित सात जनालाई भट्टराईले विनाविभागीय मन्त्रीमा सपथ दिलाएका हुन् । पद तथा गोपनीयताको सपथ लिनेम ... read full news >>    
Related news
अन्तत: सहमतिको सरकार गठन भएरै छाड्यो ! May 16
अन्तत: सहमतिको सरकार गठन भएरै छाड्यो !
Posted May 16. नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउँदै प्रम (फोटो सौजन्य: प्रम कार्यालय)संविधानसभाको चुनावपछि बाबुराम भट्टराई नेतृत्वको सरकार बाहेक अन्य तीनवटा सरकार बने । हरेक सरकार प्रमुखले सरकार बनेदेखि ढल्ने दिन बिहानसम्म पनि आफ्नै सरकार सहमतिको सरकार बन्छ भन्न चै छोडेका थिएनन् । दुर्भाग्य, सहमतिको सरकारको प्रमुख बन्ने सबैको सपना, सपनामै सिमित बन्यो । तर सँधै प् ... Read More Comments Like Share
प्रधानमन्त्री भट्टराईद्धारा दोस्रो पटक मन्त्रिपरिषद विस्तार May 16
प्रधानमन्त्री भट्टराईद्धारा दोस्रो पटक मन्त्रिपरिषद विस्तार
Posted May 16. प्रधानमन्त्री डा बाबुराम भट्टराईले बुधबार दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । प्रधानमन्त्रीले राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा राष्ट्रपतिको निवास सितल निवासमा एमालेका महासचिव इश्वर पोख्रेल र केन्द्रीय सदस्य राधा ज्ञवाली, संघीय सद्भावनाका अध्यक्ष अनिल कुमार झा, राप्रपाका पर्शुराम खापुङ, नेकपा संयुक्तका चन्द्रदेव जोशी, परिवार दलका अ ... Read More Comments Like Share
मन्त्रिपरिषद् विस्तार, एमालेबाट २ तथा साना दलबाट ५ May 16
मन्त्रिपरिषद् विस्तार, एमालेबाट २ तथा साना दलबाट ५
Posted May 16. सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप प्रदान गर्ने सहमति अनुसार प्रधानमन्त्री बाबुराम भट्टराईले बुधबार मन्त्रिपरिषद्को विस्तार गरेका छन् । एमालेबाट ईश्वर पोखरेल र राधा ज्ञवाली मन्त्री भएका छन् । त्यस्तै,साना दलहरुमा नेकपा संयुक्तबाट चन्द्रदेव जोशी, नेपा पार्टीबाट केशबमान शाक्य,संघीय सदभावनाका अध्यक्ष अनिल झा, राप्रपाबाट पर्शुराम खापुङ, नेपाल परिवार दल ... Read More Comments Like Share
प्रदेशको सीमांकन र नामांकन आयोगले गर्ने
May 16. संविधान लेखनको सबैभन्दा जटिल मुद्दा ठानिएको राज्य पुनर्संरचनाबारे दलहरूबीच सहमति जुटाउने उपाय बनेको छ- संघीय सीमा आयोग। प्रदेशको नामांकन र सीमांकन थाती राखेर जारी गर्ने सहमति भएको संविधानले ती मुद्दा सल्टाउने जिम्मा उक्त आयोगलाई दिएको छ। प्रस्तावित आयोगको काम, कर्तव्य र अधिकारक्षेत्रबारे शीर्ष नेतृत्व तहमा सैद्वान्तिक सहमति मात्र भएको छ। माओवाद ... read full news >>    
छोटो प्रक्रियाबाट संविधान जारी गरिने
May 16. दलहरूबीच राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणाली तथा नागरिकताका विषयमा बृहत् सहमति जुटेकाले दुई साताभन्दा कम समयमा छोटो प्रक्रियाबाट संविधान जारी गर्ने गृहकार्य सुरु भएको छ । प्रक्रिया छोट्याउन अन्तरिम संविधान संशोधनका लागि सरकारले संसद् अधिवेशन आह्वान गरेको छ । राजनीतिक समझदारीअनुसारको प्रस्ताव तयार गर्न मंगलबारै विवाद समाधान ... read full news >>    
सहमति ! यस्तो हुने भो संविधान
May 15. दलहरुबीच लामो समयदेखि भइरहेको बार्गेनिङ बैठकले विवादित विषयहरुमा सहमति जुटाएको छ। सहमति अनुसार अब बन्ने संविधानमा यस्तो हुनेछ- प्रदेश ११ वटा हुनेछ। अहिलेलाई नम्बर १, नम्बर २ र नम्बर ३ भएकाहरु। नाम के राख्ने भन्ने चैँ जेठ १४ पछि, धेरैपछि राष्ट्रिय (राष्ट्रपति चुन्ने, संसद) चुनाव भइसकेपछि, प्रदेशको चुनाव भएपछि प्रदेश व्यवस्थापिकाले गर्नेछ। मानौँ एक न ... read full news >>    
Related news
कार्यकारी अधिकार राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई May 16
कार्यकारी अधिकार राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई
Posted May 16. दलहरूबीच नयाँ संविधानमा राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कार्यकारी अधिकार रहने मिश्रित शासकीय स्वरूप अपनाउने सहमति भएको छ । यो प्रणालीअनुसार सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानी प्रत्यक्ष निर्वाचनबाट राष्ट्रपतिको चयन हुनेछ । राष्ट्रपति निर्वाचित हुन कुल सदर मतको पचास प्रतिशतभन्दा बढी प्राप्त गर्नुपर्ने छ । पचास प्रतिशत मत प्राप्त नगरे बढी म ... Read More Comments Like Share
यस्तो छ दलहरुबीच भएको सहमति (प्रदेशहरुको सिमाँकनसहित) May 16
यस्तो छ दलहरुबीच भएको सहमति (प्रदेशहरुको सिमाँकनसहित)
Posted May 16. काठमाडौ, जेष्ठ २ - संविधानसभाको प्रमखु तीन दलबीच ११ प्रदेशसहितको संघीय संरचनालगायतका विषयहरुमा भएको सहमतिलाई मस्यौदा लेखनका लागि सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादीका बर्षमान पुन र खिमलाल देवकोटा, काँग्रेसका राधेश्याम अधिकारी र रमेश लेखक, एमालेका भीम रावल र अग्नी खरेल तथा साना दलहरुका तर्फबाट ... Read More Comments Like Share
यस्तो छ दलहरुले गरेको सहमति, कुन जिल्ला कुन प्रदेशमा हुनसक्ने? May 16
यस्तो छ दलहरुले गरेको सहमति, कुन जिल्ला कुन प्रदेशमा हुनसक्ने?
Posted May 16. काठमाडौँ, जेठ ३ (नागरिक)-  तीन प्रमुख राजनीतिक दल सहित मधेशी मोर्चाले नामाकंन र सीमाकंन नराखी ११ प्रदेशमा सहमति गरेको सहमतिको विरोध सुरु भइसकेको छ। तर सोमबार बालुवाटारमा प्रमुख तीन दल र मधेसी मोर्चा गरी चार शक्तिबीच भएको सहमतिको दस्तावेज सार्वजनिक गरिएको छैन र यसमा नेताहरूले हस्ताक्षर पनि गरेका छैनन्। नागरिकन्युजलाई प्राप‌्त सहमतिको मस्यौदा यस्तो छ ... Read More Comments Like Share
तीन दलबीच ११ प्रदेशमा सहमति, मोर्चाको असहमति May 15
तीन दलबीच ११ प्रदेशमा सहमति, मोर्चाको असहमति
Posted May 15. काठमाडौ, जेष्ठ २ - संविधानसभाका प्रमुख तीन दल बीच नामाङ्कन र सिमाङ्कनलाई पछि गर्ने गरी ११ प्रदेशसहितको संघीय ब्यवस्थामा सहमति भएको छ । बार्तामा रहेको मधेसी मोर्चाले भने त्यसमा अहसमति जनाएको छ । तीन दलले प्रदेशहरुको सिमाङ्कनका लागि संघीय आयोगको गठनको प्रस्ताव अघि सारेका छन् । माओवादी, काँग्रेस र एमालेबीच भएक ... Read More Comments Like Share
राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सहमति May 15
राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सहमति
Posted May 15. काठमाडौं, २ जेठ । राज्य पुनर्संरचना र शासकीय स्वरुपमा प्रमुख दलहरुले आज सहमति जुटाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकले एघार प्रदेश र मिश्रित शासकीय स्वरुपमा सहमति जुटाएको हो । सीमाङकन र नामाङकन भने पछि आयोग बनाएर टुङगाईने छ । नामाको चयन प्रादेशिक संसदले तय गर्ने छ । राष्ट् ... Read More Comments Like Share
सहमति भएपछि के भन्छन् नेताहरु ? May 15
सहमति भएपछि के भन्छन् नेताहरु ?
Posted May 15. काठमाडौँ, जेठ २ (नागरिक)- आज भएको सहमतिलाई विभिन्न दलका नेताहरुले ऐतिहासिक भएको बताउँदै अब जेठ १४ मा स‍ंविधान बन्ने आधार तय भएको बताए। मधेसी मोर्चाले राज्य पुनसंरचनामा सामान्य असहमति राखे पनि लामो समयपछि दलहरु एकै ठाउँमा आएको दलका नेताहरुले बताएका छन्। ऐतिहासिक सहमतिः श्रेष्ठमाओवादी उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दलहरुका बीच ... Read More Comments Like Share
११ प्रदेश बनाउने सहमतिप्रति बैद्य पक्षको आप्पत्ति May 15
११ प्रदेश बनाउने सहमतिप्रति बैद्य पक्षको आप्पत्ति
Posted May 15. २ जेठ, काठमाडौं । माओवादीको मोहन बैद्य किरण पक्षले ११ प्रदेश बनाउने दलहरुको सहमतिप्रति आप्पत्ति जनाएको छ । बैद्य पक्षले दबावमुलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापा बादलले मंगलबार... ... Read More Comments Like Share
इश्वर पोखरेलको नेतृत्वमा एमाले सरकारमा जाने
May 15. आफुसँग सल्लाह नगरि मधेसी मोर्चालाई राम्रा मन्त्रालय दिएको भनी असन्तुष्ट बनेको नेकपा एमाले दलहरुवीचको नयाँ सहमतिसँगै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको राष्ट्रिय सरकारमा सहभागी हुने भएको छ । मंगलबार तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच भएको छलफलमा एमाले सरकारमा आउन सहमत भएको हो । बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नुभयो-’इश् ... read full news >>    
Related news
मदन काम्रेडको सराद्धेकै दिन एमाले सरकारमा May 16
मदन काम्रेडको सराद्धेकै दिन एमाले सरकारमा
Posted May 16. आज काम्रेड ईश्वर पोखरेलको नेतृत्वमा एमाले बाबुराम सरकारमा सहभागी हुँदैछ। उनी उपप्रधानमन्त्री पनि बन्नेछन् संभवतः। बाबुराम सरकारमा सहभागी भएपछि संविधान सभाको निर्वाचनपछि बनेका प्रत्येक सरकारमा एमालेले हिस्सा पाएको छ। दुई पटक एमाले ‘भाले’ अर्थात् प्रधानमन्त्री कै कुर्सी पायो। जुन दिन जान्नँ जान्नँ भन्दै पनि एमाले बाबुराम सरकारमा सहभागी भए ... Read More Comments Like Share
एमालेबाट पोखरेल र ज्ञवाली मन्त्री May 15
एमालेबाट पोखरेल र ज्ञवाली मन्त्री
Posted May 15. काठमाडौं, २ जेठ । संविधानका विवादित विषयमा सहमति भएलगत्तै एमालेले सरकारमा सहभागिता जनाउने भएको छ । उसले महासचिव ईश्वर पोखरेल र सभासद राधा ज्ञवालीलाई मन्त्रीका लागि सिफारिस गरेको छ । बालुवाटारमा आज बसेको एमाओवादी, कांग्रेस, एमाले तथा मधेसी मोर्चावीच नयाँ संविधानका विवादित विषय राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सहमति भएपछि एमाले सरकारमा सहभागी हुन ... Read More Comments Like Share
स्थापितले नै राखेका थिए गैरकानुनी सुकुम्बासी बस्ती
May 16. काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा केशव स्थापितले नै वाग्मती र यसका सहायक नदी किनारमा गैरकानुनी रूपमा बीस वर्षका लागि सुकुम्बासी बस्ती राखेको खुलेको छ । स्थापितले लुमन्ती नामको गैरसरकारी संस्थाले आवास सहयोग गर्ने गरी नेपाल बसोबास बस्ती संरक्षण समाज र नेपाल महिला एकता समाजसित यस्तो सम्झौता गरेका हुन् । स्थापित काठमाडौं उपत्यका प्राधिकरणका आयुक्त ... read full news >>    
यिनले पनि उपचार पाउन्
May 16. कुशादेवी–२ ओढारेका एक दलित परिवारका चार पुस्ता एउटै रोगका पीडित छन् । आर्थिक अभावले परिवारका कुनै पनि सदस्यले उपचार गरेका छैनन् । पछिल्लोपटक जन्मेकी छोरी आशिका सुन्दासमा उही रोग देखा परेपछि उनीहरू दाताको खोजीमा जुटेका हुन् । ‘हामी त डाँडामाथिका जुन उपचार नभए पनि केही भएन आशिकाको उपचार गराउने इच्छा छ,’ बाबु शालिकरामले भने, जन्मँदै शरीरका सबै भागमा र ... read full news >>    
Related news
बिबाहमा बेहुली पनि दाह्री काटेर बसिन् May 16
बिबाहमा बेहुली पनि दाह्री काटेर बसिन्
Posted May 16. काभ्रेको कुशादवी २ ओडारेका एक दलित परिवार अनुहारभरि रौं पलाउने र गिजा बाहिर आउने समस्याबाट ग्रस्त भएका छन् । ५६ बर्षकी गोमा सुन्दास र उनका भाई शालिग्राम खर्चको अभावले बर्षौदेखि यो रोग पालेर बसेका छन् । शालिग्रामकी ६ महिनाकी छोरी आशिकाको समेत अनुहारभरि रौं आएको छ भने गिजापनि सुनिएर बाहिरै देखिने भएको छ । ‘मामा घरका हजुरवाबाट सुरुभएको यो रोग आमालाई ... Read More Comments Like Share
मदन भण्डारी र एमालेभित्र हुर्किएको जातीय चिन्तन
May 16. मदन भण्डारीको हत्या भएको दिन (हुन त एमालेले नै हत्या मान्न छाडिसक्यो) एमालेका विषयमा नमिठो लेखेको देख्दा एमाले कार्यकर्तालाई निकै रीस उठ्ला तर सत्य लेखेकोमा भण्डारीको आत्माले भने पक्कै सराप्ने छैन। सामान्यत: मान्छेहरू जातीय नारा उचालेकोमा माओवादीलाई गाली गर्छन् तर मदन भण्डारीले २०४७ सालको संविधान लागू भएपछि त्यसको आलोचना गर्दै उठाएका मुद्दाहरूलाई ह ... read full news >>    
सिरहाको औरहीमा भीषण आगलागी, चार हजार पाँच सय घर जले, डेढ अर्ब क्षति
May 16. सिरहाको औरही गाविसमा भीषण आगलागी भएको छ। आगलागीमा परी एक हजार पाँच सय परिवारको करिब चार हजार पाँच सय घर तथा गोठ जलेर नष्ट भएको छ। मङ्गलबार वडा नं. ३ का नथुनी यादवको घरबाट दिउँसो २:३० बजेबाट सुरु भएको आगलागीबाट करिब डेढ अर्ब रुपियाँबराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। आगलागीमा परी तीन महिला र दुई बालक गरी पाँच जना घाइते ... read full news >>    
Related news
सिरहाका अग्निपीडितको प्रमलाई गुनासो- दमकल चाहियो May 16
सिरहाका अग्निपीडितको प्रमलाई गुनासो- दमकल चाहियो
Posted May 16. मिथिलेस यादव, सिरहा, जेठ ३- सिरहाको दक्षिणमा रहेको औरही गाउँका अग्निपीडितहरूले जिल्लामा दमकलको व्यवस्था नभएकोले वर्षेनी आगलागीको सामना गर्नु परिरहेको प्रधानमन्त्रीसमक्ष गुनासो गरेका छन्। स्थलगत भ्रमणमा पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई पीडितहरूले आफ्नो गाउँमा वर्षेनी आगलागी हुने भए पनि दमकलको उचित व्यवस्था हुन नसेको गुनासो गरेका थिए। उ ... Read More Comments Like Share
आगलागी पीडितको बिचल्ली, प्रधानमन्त्री आउँदै May 16
आगलागी पीडितको बिचल्ली, प्रधानमन्त्री आउँदै
Posted May 16. सिरहा, जेष्ठ ३ - औरही गाबिसमा मंगलवार दिउसो भएको आगलागीमा तीन वटा बारुण यन्त्रले आगो निभाउने कार्य बुधवार विहानसम्म जारी राखेको छ । सबै सम्पति गुमाएका आगलागी पीडितहरुको बिचल्ली छ । प्रधानमन्त्री बाबुराम भट्टराई बुधबार घट्नास्थल आउँदैछन् । उनले स्थानीय प्रशासन र सुरक्षा निकायलाई राहत र उद्धारका लागि निर्देशन दि ... Read More Comments Like Share
छ वडाका तीन हजार घर खरानी, पाँच घाइते May 15
छ वडाका तीन हजार घर खरानी, पाँच घाइते
Posted May 15. सिरहाको सुब्बा औरही गाविसमा मंगलबार भीषण आगलागी हुँदा छ वडाका तीन हजार घर जलेर खरानी भएको छ। आगलागीबाट भाग्दाभाग्दै पाँच घाइते छन्। एक हजार परिवारका घरसँगै लुगाफाटो, अनाजलगायत सबै सम्पत्ति नष्ट भएको छ। आगलागीमा पर्नेमा सोमन यादव, सुमेश यादव, रेक यादवकी पत्नी छन्। दुईजनाको नाम खुलेको छैन। घाइतेका जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ। पश्चिमतर्फ ... Read More Comments Like Share
आठ सय परिवारको, १५ सयभन्दा वढी घर नष्ट May 15
आठ सय परिवारको, १५ सयभन्दा वढी घर नष्ट
Posted May 15. औरही (सिरहा), जेष्ठ २ - सिरहाको औरही गाविसको ३ देखि ८ नम्वर वडामा मंगलवार दिउँसो आगलागी हुँदा आठ सय भन्दा वढी परिवारको घरमा आगलागी भएको छ । ती परिवारका १ हजार ५ भन्दा वढी घर जलेर नष्ट भएको र एक करोड भन्दा वढको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । औरही ३ का नथुनी यादवको घरबाट दिउसो २ बजेबाट सुरु भएको आग ... Read More Comments Like Share
‘र’को रोहवरमा देश बाँड्न राजी, प्रचण्डले भने- म त बर्बादै हुन्छु
May 16. हामी आफैं मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने भूपी शेरचनको चर्चित कवितालाई सार्थक तुल्याउँदै चार बर्षसम्म सहमतिमा आउन नसकेका दलहरु हिजोबाट अचानक उधारो सहमतिमा पुगेका छन् । तर यो सहमति जुटाइदिन भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख सञ्जीव त्रिपाठीको भूमिका रहेको धेरै नेपालीले पत्तो पाएनन् । त्रिपाठी आफ्ना क्षेत्रीय मामिला हेर्ने अधिकारीसहतिको चुस्त टो ... read full news >>    
रूपान्तरित संसद्‍बाट विवाद टुंग्याइने
May 15. प्रमुख तीन दल संविधानका विवादित सबै विषयमा सहमति हुन नसके रूपान्तरित संसद्‍बाट टुंग्याउने विकल्प अपनाएर भए पनि जेठ १४ भित्रै संविधान जारी गर्ने निष्कर्षमा पुगेका छन् । सहमतिको अन्तिम प्रयास गरिरहेका दलहरूले सोमबार औपचारिक रूपमा नै यो विकल्प बाहिर ल्याएका छन् । संविधानका सबैभन्दा जटिल मानिएको संघीयताअन्तर्गत प्रदेशको नामांकन र सीमांकनलगायतका विषयक ... read full news >>    
Related news
बाँकी टुंगो 'रुपान्तरित संसदले' May 15
बाँकी टुंगो 'रुपान्तरित संसदले'
Posted May 15. काठमाडौं, जेठ  २ (नागरिक) - एमाले स्थायी कमिटी बैठकले जेठ १४ मा संविधान जारी गर्ने बाँकी रहेका विषयलाई रूपान्तिरत संसदले टुंग्याउने प्रस्ताव दलहरूसँग गरेको छ। ७ देखि ११ प्रदेशसम्म पार्टीले विकल्प खुला गरेकाले जुनै संख्यामा पनि एमाले सहमत हुन तयार रहेको निष्कर्षसहित त्यस्तो प्रस्ताव गरेको हो। ... Read More Comments Like Share
माओवादीले वाईसीएललाई साढे १२ करोड बाँड्यो
May 15. अयोग्य भई शिविरबाट बाहिरिएका योङ कम्युनिस्ट लिग (वाईसीएल) सम्बद्ध १ हजार ८ सय पूर्वलडाकुलाई माओवादीले प्रतिव्यक्ति ७० हजार रुपैयाँ वितरण गरेको छ । पहिलो किस्ता भनेर भ्रातृ संगठन वाईसीएललाई यो रकम दिइएको हो । रकमको स्रोतबारे भने माओवादीले खुलाएको छैन । सरकारले राहत नदिएपछि पार्टीले आफ्नै स्रोतबाट रकम वितरण गरेको पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले बता ... read full news >>    
क-कसलाई गाडी सुविधा ?
May 15. सरकारले पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मलाई ५० देखि ३० लाख रुपैयाँ मूल्य पर्ने मध्यमस्तरका गाडी सुविधा दिने भएको छ । गृह मन्त्रालयले तयार गरी मन्त्रिपरिषद्‍मा पेस गरेको पूर्वपदाधिकारीको गाडी सुविधासम्बन्धी मापदण्डमा पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मलाई मध्यम मूल्यका गाडी सुविधा दिन प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्ले उक्त मापदण्ड पारि ... read full news >>    
अपहरणपीडित नै गुप्तासित मिलेको आशंका
May 15. पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्धको अपहरण मुद्दालाई पीडित पक्षले नै कमजोर बनाउन खोजेको पाइएको छ । अपहरणमा परेका व्यापारी पवन संघाई रकम लेनदेनका आधारमा गुप्तासँग मिलिसकेको आशंका प्रहरी अधिकारीले गरेका छन् । अपहरणको मुख्य योजनाकार रहेको अभियोगमा गुप्तालाई पुर्पक्षका लागि डिल्लीबजार सदरखोरमा थुनिएको छ । उनको मुद्दामा वकपत्रका लागि उपस्थित हुन अदा ... read full news >>    
शीर्ष नेताको सहमतिले पनि रोकिएन आन्दोलन
May 15. सुदूरपश्चिमका नौवटा जिल्लालाई एउटै प्रदेश बनाउने क्रममा कैलाली, कञ्चनपुरलाई कुन प्रदेशमा राख्नुपर्ने भन्ने निर्णय लिनुपर्ने आवश्यकता देखिएमा जनमत सङ्कलन गरी अन्तिम टुङ्गोमा पुग्ने कुरामा प्रमुख तीन दल सहमत भएका छन्। कैलाली र कञ्चनपुरसहितका सुदूरपश्चिमका मौजुदा भूगोललाई यथावत् राखी सेती-महाकाली एउटा प्रदेश निर्माण गर्नुपर्ने माग राखी सुदूरपश्चिमवास ... read full news >>    
Related news
दोहोरो बन्दले तराईको जनजीवन प्रभावित,नवलपरासीमा एक दर्जन गाडी तोडफोड May 15
दोहोरो बन्दले तराईको जनजीवन प्रभावित,नवलपरासीमा एक दर्जन गाडी तोडफोड
Posted May 15. बृहत मधेशी मोर्चा र थारु संयुक्त संर्घष समितिले आह्वान गरेको दोहरो बन्दका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दको असर पूर्वी, मध्य तथा पश्चिमका सबै तराईका जिल्लाहरुमा देखिएको छ । थरुहट प्रदेशको माग गर्दै जेठ १ गतेदेखि ५ गतेसम्म थारुले तथा स्वायत्त मधेश प्रदेशको माग गर्दै मोर्चाले आज एक दिन बन्दको घोषणा गरेको छ । पूर्वका मोरङ, सुनसरी, ... Read More Comments Like Share
दाहालले प्रतिरोध गर्न उक्साएको तेस्रो दिन वाइसिएल र अखण्ड पक्षधरबीच भिडन्त May 15
दाहालले प्रतिरोध गर्न उक्साएको तेस्रो दिन वाइसिएल र अखण्ड पक्षधरबीच भिडन्त
Posted May 15. एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जातीय संघियताको विरोध गर्नेमाथि प्रतिकार गर्न निर्देशन दिएको तेस्रो दिन धनगढीमा योङ्ग कम्युनिस्ट लिग (वाइसिएल)कार्यकर्ताले विरोध कार्यक्रमको अवरवध गर्दा झडप सुरु भएको छ। अखण्ड सुदूर पश्‍चिमको माग राख्दै आएका स्थानीयले आयोजना गर्न लागेको आमसभा विथोल्न वाइसिएल कार्यकर्ता सक्रिय भएपछि भिडन्त सुरु भएको ना ... Read More Comments Like Share
सुदूर बन्द १९ औं दिन : रातिदेखि झडप, तीन मोटरसाइकल जलाइए, स्थिति तनावग्रस्त May 15
सुदूर बन्द १९ औं दिन : रातिदेखि झडप, तीन मोटरसाइकल जलाइए, स्थिति तनावग्रस्त
Posted May 15. दिलबहादुर छत्याल, धनगढी, जेठ २ - अखण्ड सुदूर पश्‍चिमको माग राख्दै आन्दोलनरत पक्ष र थरुहटको मागमा उत्रिएका थारुबीच हिजो रातिदेखि कैलालीको पहलमानपुरमा भिडन्त भएको छ। मध्यरातसम्म भएको झडपमा परी सन्देश वोगटी र जङ्ग थापा घाइते भएका छन्। अहिले दुबै पक्ष भिडन्तको तयारीमा जुटेको छ। ... Read More Comments Like Share
सुदूरमा 'जनमत संकलन'को प्रतिबद्धता May 15
सुदूरमा 'जनमत संकलन'को प्रतिबद्धता
Posted May 15. विनिता दाहाल, काठमाडौं, जेठ २ - प्रमुख दलका नेताहरूले सुदूरपश्चिममा १७ दिनदेखि जारी बन्द फिर्ता गर्न जनमत संकलन गर्ने प्रतिबद्धता जनाए पनि 'घुमाउरो भाषामा अल्मलाउन खोजेको' भन्दै सुदूरको टोलीले आन्दोलन फिर्ता नगर्ने बताएको छ। ... Read More Comments Like Share
बन्दमाथि बन्द घोषणा May 15
बन्दमाथि बन्द घोषणा
Posted May 15. काठमाडौं, २ जेठ । १८ दिनदेखि बन्द सुदूरपश्चिम र ६ दिनदेखि बन्द मध्यपश्चिममा सोमबारदेखि अरू बन्द थपिएपछि जनजीवन निकै कष्टकर भएको छ । थरुहट/थारूवान समर्थकले सोमबारदेखि शुक्रबारसम्म नवलपरासीदेखि सुदूरपश्चिम बन्द आह्वान गरेका हुन् । कैलालीमा रानाथारूले छुट्टाछुट्टै माग राखेर अर्को बन्द घोषणा गरेका छन् । लगातारका बन्दपछि चितवन र दाङमा १४ जेठसम्मका लागि ... Read More Comments Like Share
शीर्ष नेताले मागप्रति सकारात्मक बताए पनि सुदूरपश्चिमको आन्दोलन नरोकिने May 14
शीर्ष नेताले मागप्रति सकारात्मक बताए पनि सुदूरपश्चिमको आन्दोलन नरोकिने
Posted May 14. श्याम भट्ट, काठमाडौं, जेठ १- अखण्ड सुदूरपश्चिमको माग राख्दै सत्र दिनदेखि आन्दोलन गरिरहेकाहरुले आफ्नो आन्दोलन नरोकिने जनाएका छन्। आजको वार्तामा शीर्ष नेताहरुले उनीहरुको मागप्रति सहमति जनाउँदै आवश्यक परे जनमत सङ्कलन गरिने भनेपछि सुदूरपश्चिमबासी यस्तो निर्णयमा पुगेका हुन। ... Read More Comments Like Share
RECENTLY POPULAR NEWS
‘र’को रोहवरमा देश बाँड्न राजी, प्रचण्डले भने- म त बर्बादै हुन्छु
प्रचण्डले बैद्यलाई भने- ‘भोटिङमा धोका दिने भए प्रष्ट पार्नुस’
परिवारले यातना दिएपछि युवतीद्वारा आत्महत्या
सात नयाँ मन्त्रीलाई सपथ
बिबाहमा बेहुली पनि दाह्री काटेर बसिन्
 
SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
 
SPACE FOR AD
CODE:1004
 
SPACE FOR AD
CODE:1005
SPACE FOR AD
CODE:2001
SPACE FOR AD
CODE:2002
SPACE FOR AD
CODE:2003
SPACE FOR AD
CODE:2004