NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ १२ २०७०
आईतबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Rajdhani - अब निजी विद्यालयमा दुईथरी मात्र पोसाक

निजी विद्यालयले अब विद्यार्थीका लागि दुई प्रकारका भन्दा बढी पोसाक (ड्रेस) तोक्न नपाउने भएका छन् । एउटै विद्यालयले बारैपिच्छे फरक–फरक पोसाकको व्यवस्था गर्दा अभिभावक आर्थिक मारमा पर्ने गरेका र विद्यार्थीले समेत तनाव भोग्नुपरेका कारण पोसाकसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो । शिक्षा मन्त्रालयद्वारा गठित संस्थागत विद्यालय मापदण्ड निर्धारण समितिले पोसाकसम्बन्धी नयाँ व्यवस्था गर्न लागेको हो । समितिले तयार पारेको निर्देशिकामा विद्यार्थीलाई दुई प्रकारका भन्दा बढी पोसाक लगाउन बाध्य पार्न नहुने उल्लेख छ । सो निर्देशिका कार्यान्वयनमा आएपछि अभिभावक र विद्यार्थी दुवैले राहत महसुस गर्नेछन् । सो व्यवस्था कार्यान्वयनमा आएपछि एउटै विद्यालयको विद्यार्थीमा देखिएको पोसाकको भिन्नता पनि अन्त्य हुनेछ । मापदण्ड निर्धारण समितिका सदस्य एवं अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले व्यापारीको कमिसन मोहमा परेर निजी शैक्षिक संस्थाले बारैपिच्छे फरक–फरक पोसाकको व्यवस्था गरेको पाइएको बताए । ‘कमिसनकै लोभमा निजी शैक्षिक संस्थाले धेरै पोसाकको व्यवस्था गरेको पाइयो, अब दुईओटाभन्दा बढी पोसाक तोक्न नपाउने प्रतिवेदन पेस गर्न लागेका हौं,’ भण्डारीले भने । शिक्षा मन्त्रालयले निजी शैक्षिक संस्थामा देखिएको समस्यालाई लिएर शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेको संयोजकत्वमा सरोकारवाला निकायका व्यक्ति सम्मिलित कार्यदल गठन गरेको थियो । कार्यदललाई निजी शैक्षिक संस्थाले लिँदै आएको शुल्कका साथै विविध सुझाव दिन भनिएको छ ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004