cancel
काठमाडौं, असोज ३ (नागरिक)- प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित फिल्म 'भिसा गर्ल'को रिलिज मिति एक हप्ता पछाडि धकेलिएको छ। आगामी असोज १२ मा रिलिज हुने भनिएको फिल्म अब असोज १९ देखि चल्नेछ। 'फिल्मको इन्कोडिङमा समस्या आएपछि काम सिध्याउन एक हप्ता लाग्ने भएकोले रिलिज सारेका हौं,' निर्माता तथा ऋचा शर्माले भनिन्, 'बलिउड फिल्मको व्यापारले पनि हाम्रो फिल्मलाई असर नगर्ने भएको छ।' असोज १९ मा कुनै पनि हिन्दी फिल्म नेपालमा रिलिज हुने छैनन्। असोज ६ मा फिल्मको सेन्सर गरिने ऋचाले अवगत गराइन्। सिजी इन्टरटेनमेन्टले प्रस्तुत गरेको 'भिसा गर्ल'मा कालीप्रसाद बास्कोटा र कल्याण सिंहको संगीत छ। विनय श्रेष्ठ, कर्मा, रेमनदास श्रेष्ठ, रिमा विश्वकर्मा, सलोनी राजभण्डारी र मेनुका प्रधान लगायतले पनि अभिनय गरेका छन्।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com