cancel
बिहे गरेको १२ वर्षपछि श्रीमतीले आफू समलिंगी भएको बताइन् भने श्रीमान्ले के गर्लान् ? स्वयम्भू–१५ का प्रदीप शाहीले श्रीमतीलाई ‘उपचारका लागि’ पुन:स्थापना केन्द्रमा राखेका छन् । १० वर्षीया छोरीकी आमा रजनीले एकाएक आफूलाई समलिंगीका रूपमा प्रस्तुत गरेपछि उनका श्रीमान् र माइती स्तब्ध बने । पछिल्लो समय प्रेमकुमारी नेपाली नामकी युवतीसित अन्तरंग सम्बन्ध बढाएकी रजनीले श्रीमान्सित सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । तर, अहिले उनलाई श्रीमान् र माइती पक्षको आग्रहमा धुलिखेलस्थित सरकारी पुन:स्थापना केन्द्रमा राखिएको छ । परिवारको निरन्तर दबाबपछि राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग र अधिकारकर्मीहरूको रोहबरमा रजनीलाई गत २२ गते पुन:स्थापना गृहमा लिइएको हो । ‘१० वर्षकी छोरी छ, बिहे गरेको १२ वर्ष भयो । अहिले आएर कसरी समलिंगी हुन्छे ?’ रजनीका श्रीमान् प्रदीपले सौर्यसँग भने, ‘रिहावको परामर्शले कन्भिन्स हुन्छे कि भनेर केही समयका लागि त्यहाँ राखेका हौँ ।’ श्रीमतीसँग कहिल्यै झगडा नभएको तथा श्रीमतीले पनि कहिल्यै समलिंगीको जस्तो व्यवहार नगरेको उनी बताउँछन् । ‘एक्कासि उनले समलिंगी हुँ भन्दै हिँडेको देख्दा अचम्मित भएँ,’ उनले भने ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com