cancel
नेपालको प्रतिनिधित्व गर्दै लन्डन ओलम्पिकमा गएका नेपाली अधिकारीहरूले त्यहाँ बस्दा पाएको सामान्य मोबाइल लुकाएर नेपाल ल्याएको पुष्टि भएको छ । आयोजकले मोबाइल फिर्ता गर्न वा सोबराबरको पैसा तिर्न इमेल गरेको छ । गत साउन १२ देखि ३० सम्म लन्डनमा आयोजित ओलम्पिकमा नेपाली अधिकारीका रूपमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा नेपाली टोलीका सेभ द मिसन गंगाबहादुर थापा, महासचिव जीवनराम श्रेष्ठ र सहकोषाध्यक्ष छिमी गुरुङले प्रतिनिधित्व गरेका थिए । सहभागी सबै देशका अधिकारीलाई जस्तै नेपाली चार अधिकारीलाई पनि लन्डन ओलम्पिकका आयोजकले सामसुङ ग्यालेक्सी सेट दिएको थियो । ओलम्पिक खेलभरि आफ्ना खेलाडी तथा अधिकारीहरूबीच समन्वय गर्न दिइएको यस्तो मोबाइल फिर्ता गर्नुपर्छ । तर, नेपाली अधिकारीले खेलमा प्रयोग गर्न पाउने मोबाइल बोकेर नेपाल आए । त्यसैले आयोजकले पत्र लेखेर चेतावनी दिएको छ, 'तुरुन्त मोबाइल फिर्ता गर्नु अथवा सोबराबरको एक सय ४४ पाउन्ड -करिब २० हजार रुपैयाँ) तुरन्त तिर्नु ।' नेपाल ओलम्पिकका अध्यक्ष प्रधानले सिड्नी, एथेन्स, बेइजिङ र लन्डन ओलम्पिकमा भाग लिएकाले उनलाई ओलम्पिकका सुविधा र सर्तबारे थाहा नहुने कुरै भएन । त्यस्तै उपाध्यक्ष गंगाबहादुर, महासचिव जीवनराम र सहकोषाध्यक्ष गुरुङ पनि दुई ओलम्पिकमा भाग लिएकाले उनीहरूलाई पनि सुविधा र सर्तबारे थाहा नहुने कुरै भएन । त्यहाँमाथि मोबाइल लिँदा आयोजकले बकाइदा फारम भराउँछन् र आफ्नो देशको 'इभेन्ट' सकिएको भोलिपल्ट फिर्ता गर्नुपर्ने सर्त फारममै उल्लेख हुन्छ । तर, नेपालका अधिकारीले २० हजार नेपाली पर्ने मोबाइल आयोजकलाई फिर्ता गरेनन्, खल्तीमा हालेर आए, यसले ती चार अधिकारीको होइन, करिब तीन करोड नेपालीको बेइज्जत भएको छ । सहभागी सबैजसो राष्ट्रका एनओसी पदाधिकारीले मोबाइल फिर्ता गरेको लन्डन ओलम्पिक आयोजकले जनाएको छ । तर, नेपाली पदाधिकारीले भने हालसम्म पनि मोबाइल सेट फिर्ता नगरेपछि बाध्य भएर आयोजकले एनओसीकै नाममा इमेल पठाएको हो । एनओसी इमेल चेक गर्ने पदाधिकारीले भने लन्डन ओलम्पिक आयोजकबाट कुनै इमेल नआएको दाबी गरेका छन् ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com