cancel
प्रमुख पाइलट (क्याप्टेन) ले तनावमा उडान गरेका कारण साढे तीन महिनाअघि मुस्ताङको जोमसोममा अग्नि एयरको जहाज दुर्घटना भएको दुर्घटना जाँच आयोगले ठहर गरेको छ। गत जेठ १ मा पोखराबाट जोमसोम उडेको अग्निको ९एन-एआइजी कलसाइन भएको डोर्नियर जहाज दुर्घटना हुँदा १३ यात्रु र दुई पाइलटको मृत्यु भएको थियो जहाजलाई क्याप्टेन प्रभूशरण पाठक र कोपाइलट सुमन डंगोल महर्जनले उडाएका थिए। साथमा एयर होस्टेस रोशनी हाइजु थिइन्। यात्रुमा १६ भारतीय र डेनमार्कका दुई थिए। तीमध्ये ६ जनाको जीवितै उद्धार गरिएको थियो। 'जहाजका क्याप्टेन पाठकले तनावमा उडान गरेको र उनले आफ्नो कार्यालयको काममा समेत उच्च मनोवलमा नरहेको पत्ता लागेको छ,' दुर्घटना जाँच आयोगले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ, 'जहाजको प्रकार र सेक्टरअनुसार चालकको उडान निरन्तरता नहुनु अर्को कारण हो।'
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com