cancel
पिठुवा (चितवन), भाद्र ४ - सिद्धी ८ की १३ वर्षीया अनमिन चेपाङ ले सहर झरेर पढ्न पाउँला भनेर सपनामा पनि चिताएकी थिइनन् । बाबुले दुइटा बिहे गरेपछि उनको माथिल्लो कक्षा पढ्ने आस मारिसकेको थियो । आफू १३ वर्ष हुन नपाउँदै दुई आमाबाट ५ बहिनी र १ भाइ जन्मिएपछि शिक्षाबाट वञ्चित हुने निश्चित भयो । घरमा बर्सेनि परिवार संख्या बढ्न थालेपछि पढाइ छाडेर जंगलमा गिठ्ठा, भ्याकुर, सिस्नु खोजेर सुत्केरी आमा, नाबालक भाइ, बहिनी र बुवालाई पाल्नुपरेको थियो । डेढ घन्टा हिँडेर पढ्दै आएको छेरवाङ प्रावि भाइबहिनीको संख्याले गर्दा उनका लागि बिरानो बन्यो । 'घरमा काम पनि धेरै, विद्यालय पनि टाढा,' उनले भनिन्, 'त्यही भएर पढ्ने अवसर मिलेन ।' अहिले भने स्थानीय समाजसेवी केपीकिरण शर्माले पिठुवास्थित विन्ध्येश्वरी निमाविमा कोठा माग गरेर उनका ६ भाइबहिनी सहित २५ चेपाङ बालबालिकालाई राखेपछि पढ्न पाए । अनमिन भने कक्षा ५ मा अध्ययनरत छिन् । पढ्न लेख्नबाट बञ्चित बालबालिकाका लागि भनेर विद्यालयले छात्रावास सुरु गरेको हो । विद्यालयमा कोठा अभाव हुँदा एउटा कोठामा २५ बालबालिकालाई बस्ने व्यवस्था मिलाएको छ । सरकारी निकायबाट केही सहयोग नपाउँदा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकले चन्दा मागेर छात्रावास सुरु गरेका छन् । वैशाखबाट थालिएको छात्रावासमा बस्ने चेपाङ बालबालिकाका लागि कतैबाट सहयोग नपाउँदा चन्दाकै भर पर्नुपरेको हो । महिनाको चार पटकसम्म शिक्षक, विद्यार्थी र अभिभावक सहयोग माग्दै हिँड्छन् । एकचोटि मागेर ल्याएको तरकारी, चामल, दालले चार दिनमात्र हुन्छ । विद्यालयमा कक्षा १ देखि ७ मा ६ देखि १३ वर्ष उमेरका अध्ययनरत छन् । 'चार वर्षदेखि गाउँमै पुगेर चेपाङ का समस्या बुझ्दै आएको छु,' समाजसेवी शर्माले भने, 'अधिकांश चेपाङ बालबालिका पढाइ नै छाडेर मजदुरी गरेको देखेपछि मागेरै भए पनि शिक्षा दिलाउँछु भनेर ल्याएको हो ।' उनले आफू कुनै संघसंस्था नभएको र झोला थापेर सहयोगीले दिएको अन्नले सास थम्याउने काम गरेको बताए । शिक्षामा चेपाङ का लागि भनेर सहयोग माग गरिए पनि नपाएपछि शिक्षकहरूसमेत बोरा बोकेर घरघर हिँडेका छन् । ' चेपाङ विद्यार्थीले आर्थिक अभाव र मजदुरीले पढ्न नपाएको बारेमा सुन्दा साह्रै दुःख लाग्यो,' प्रधाना
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com