cancel
नेपाली कांग्रेसले दलहरूबीच राष्ट्रिय सहमति भए संविधान सभा पुनर्स्थापनामा जान सकिने धारणा अघि सारेको छ। पार्टी मुख्यालय सानेपामा आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले वर्तमान राजनीतिक संकट समाधानका लागि सहमति सुनिश्चित भए संविधान सभा पुनर्स्थापनामा जानसकिने धारणा राखेका हुन्। यसअघि कांग्रेसले संसद् वा संविधानसभाको नयाँ चुनावको विकल्प अघि सारेको थियो। कांग्रेस जिल्ला सभापतिहरूको दुई साताअघि बाह्रबिसेमा भएको भेलाले ताजा जनादेश मात्रै अहिलेको विकल्प भन्दै संविधानसभा पुनर्स्थापनालाई अस्वीकार गरेको थियो। 'दलहरूबीचको सहमतिलाई शर्तका रूपमा स्वीकार गरेर संविधान जारी गर्न वा नयाँ चुनावका लागि पनि संविधानसभा पुनर्स्थापनामा जानुपर्ने केन्द्रीय सदस्यहरूको धारणा आएको छ,' केन्द्रीय सदस्य बद्री पाण्डेले बैठकपछि नागरिकसँग भने
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com