cancel
बाबुराम भट्टराईलाई संविधान बन्दैन भन्ने थाहा थियो। जेठ १४ गतेकै घटनाक्रम सम्झौँ न। तराईमा दुई प्रदेशभन्दा बढी खोज्ने हो भने संविधान बन्दैन भनेर उनी बिहान बालुवाटारमा जंगिए। राष्ट्रपतिकहाँ पुगेर सहमति नभएको अवस्थामा विकल्पको प्रस्ताव ल्याउँछु भने। फर्केपछि अरू दलका नेतासँग कुराकानी गर्नै खोजेनन्। अगुवा जनजाति सभासद् संविधानै नआउने हदसम्म हाम्रो अडान छैन है भन्न बालुवाटारै पुगे। बहुपहिचानका प्रदेशसहितको संविधान बन्नसक्ने समय र सम्भावना थियो। बाबुराम मन्त्रिपरिषद्मात्र संविधान नल्याउन कटिबद्ध भइदियो। दलबीचको पाँच बुदेमा ११ प्रदेशको सहमति हुँदा पाँच प्रदेश तराईमा पर्दै थिए। त्यो सहमति गरेर विजयकुमार गच्छदार र महन्थ ठाकुरले मधेसी कार्यकर्ताको अवगाल पनि बेहोरे। त्यो सहमति पालना गर्दा नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्नेवाला थियो। एकातिर तराईमा बहुप्रदेश, अर्कातिर सत्ता छाड्नुपर्ने परिबन्द!
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com