NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
असाढ ६ २०७०
बिहिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - ६ नेपाली मलेसियामा अलपत्र

जाजरकोट, श्रावण २७ - वैदेशिक रोजगारको सिलसिलामा गएका ६ नेपाली मलेसियामा अलपत्र परेका छन् । मेनपावर कम्पनीले तोकेर पठाएको मलेसिया स्थित कम्पनीमा काम नपाएपछि उनीहरू अलपत्र परेका हुन् । सल्यान बडागाउँ ६ का डम्बर रावत, रुकुम कोटजहारी ५, सेती खोलाका सबिन बुढाथोकी र भुपेश बुढाथोकी, विजयश्वरी ४, नाखिराका मिसर कुमार गिरी, वीरबहादुर गिरी र नरेश लामिछाने अलपत्र परेका हुन् । दक्षिणकाली मेनपावर कम्पनी सामाखुसी, काठमाडौंले पावर ईभर कम्पनी मलेसियामा रोजगारका लागि पठाएका उनीहरू तीन दिनदेखि अलपत्र परेका हुन् । सल्यानका रावतलाई पूर्व सभासद उमाकान्त शर्माले र अन्यलाई रुकुम विजयश्वरी ४ कै रुपेश राज गिरीले वैदेशिक रोजगारका लागि उक्त मेनपावरमार्फत पठाएको मलेसियाबाट सविनले टेलिफोनमा बताए । १ लाख २० हजारका दरले रकम बुझाएर विदेश आइयो, तोकेर पठाएको कम्पनीले काममा नलगाउँदा अलपत्र परियो, उनले भने । पावर ईभर कम्पनीमा पानी जहाजमा सामान लोड अन्लोड गर्ने काम हो भनेर भुक्याई पठाइयो, मलेसिया पुगेपछि ईभरग्रिन भन्ने फलाम कारखानामा लगाउँदा काम गर्न नसकेर अलपत्र परेको सविनले बताए । ईभरग्रिनले नेपालसँग मेनपावर माग गर्ने वैधानिक स्विकृति लिएको छैन । तीन दिनदेखि पानी मात्र खाएर एउटा कोठामा लुकेर बसेका छौं । साथमा कौडी छैन, नेपाल फर्कन प्रति ब्यक्ति ७५ हजार चाहिने रहेछ, उनले टेलिफोनमा भने । घरबारी बेचेर जुटाएको पैसा जति मेनपावर कम्पनीलाई बुझाइयो, अब के गर्ने अर्का पीडित भूपेशले भने । प्रकाशित मिति: २०६९ श्रावण २७ ०७:४७

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004