cancel
नयाँ दिल्ली, श्रावण २४ - भारत सरकारले हरहात मोबाइल फोन भन्ने कार्यक्रमअन्तर्गत त्यहाँका सबै गरिब परिवारलाई मोबाइल फोन उपहार दिने भएको छ । गरिबीको रेखामुनी रहेका भारतीय नागरिकलाई सरकारले उपहारस्वरुप प्रत्येक परिवारलाई एक/एकवटा मोबाइल फोन उपहार दिने भएको भारतीय सञ्चारमाध्यमरुले बुधबार जनाएका छन् सो सम्बन्धी सरकारी कार्यक्रममा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले यही अगस्त १५ तारिखमा घोषणा गर्नुहुने भएको पनि भारतीय सञ्चारमाध्यमहरुले बुधबार जनाएका हुन् । सो फोनमा प्रत्येक परिवारलाई २०० भारतीय रुपैयाँ बराबरको फोन गर्ने समय पनि निशुल्क रुपमै उपलब्ध गराइने बताइएको छ । सो सम्बन्धी समाचार भारतको टाइम्स अफ इन्डियाले बुधबारको संस्करणमा छापेको छ । प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै सो समाचार प्रकाशन गरिएको छ । सो कार्यक्रमबाट भारतका करिब ६० लाख परिवार लाभान्वित हुनेछन् । भारतमा गरिबीको रेखामुनी रहेका नागरिकको सङ्ख्या त्यति नै रहेको छ । सो कार्यक्रमका लागि भारतको टेलिकम मन्त्रालयको लोककल्याणकारी कोष उपलब्ध गराइने भएको पनि समाचारमा जनाइएको छ । यो कार्यक्रमलाई भारतीय जनता पार्टीले भने सरकारको प्रचारात्मक काम भनी टिप्पणी गरेको बताइएको छ । आगामी सन् २०१४ मा भारतमा हुन गइरहेको आम निर्वाचनका लागि आफ्नो पक्षमा मततान्ने अभियानका रुपमा सरकारले सो प्रचारात्मक काम थालेको र यसले गरिब नागरिकको जीवनस्तरमा खासै सुधार नल्याउने उसले प्रतिक्रिया दिएको छ । रासस/सिन्ह्वा प्रकाशित मिति: २०६९ श्रावण २४ ०७:१९
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com