cancel
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाई आफ्ना नेताहरुलाई राख्ने ‘म हान्’ उद्देश्यका साथ एमाले नेताहरुको निर्देशनमा भइरहेको बन्दको चौथो दिन युवा संघ, नेपालले आज उपत्यकामा थप एक घण्टा डिस्काउन्ट दिएको छ। उपत्यकामा यो लगातार चौथो दिनको बन्द हो। यसअघि २० घण्टा डिस्काउन्ट दिएर बिहान ६ बजेदेखि १० बजेसम्म बन्द गर्दै आएको युवा संघले आज ६ बजेदेखि ९ बजेसम्म मात्रै बन्द गर्यो। पाटनमा त जात्रा भएकोले पूरै अर्थात् शतप्रतिशत नै डिस्काउन्ट दिइएछ। बिहान बन्द गरेर स्कूल, कलेजका विद्यार्थीहरुलाई दुःख दिइएको भन्दै विद्यार्थी र अभिभावकले सरापेपछि आज स्कूल, कलेजका बसलाई पनि डिस्काउन्ट दिइएछ। आजको बन्दसँगै एमाले त्यसमा पनि केपी ओलीको बढी प्रभाव रहेको युवा संघको आन्दोलनको पहिलो चरण सकिएको छ। दोस्रो चरणमा उसले अझै उग्र कार्यक्रम ल्याएको छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com