cancel
काठमाडौ, श्रावण २४ - एक-आपसमा मिलेर अघि बढ्ने बताउँदै राष्ट्रिय मान्यता प्राप्त रूक्मशम्शेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच मंगलबार सहकार्य भएको छ । राणा एनओसी र राखेपका पदाधिकारी बीचको बैठकले ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीलाई औचित्यहीनको संज्ञा दिएको छ । 'प्रधान कमिटी नेपालमा कहीँ पनि दर्ता छैन । उनीहरूले गलत तरिकाबाट डोटीमा दर्ता गर्न खोजे । त्यहाँ असफल भएपछि राष्ट्रिय ओलम्पिक कमिटीको नाम दिँदै कम्पनीमा दर्ता गर्न खोजे,' राणा कमिटीका कोषाध्यक्ष पुरुषोत्तमलाल श्रेष्ठले कान्तिपुरसँग भने, 'उनीहरू देशको राजनीतिक स्थितिको फाइदा उठाउँदै अघि बढिरहेका छन् ।' उनले बैठकमा राखेपका सदस्य-सचिव युवराज लामाले ढुक्क भएर अघि बढ्न निर्देशन दिएको बताए । पछिल्लो समय दुवै एनओसीलाई विघटन गरेर अघि बढ्ने भन्ने योजना सार्वजनिक गरेका लामाले अहिले आफ्नो खेलकुद रणनीति फेरेका छन् । प्रधान कमिटीसँग दूरी बढेको बेलामा गत बुधबार सर्वोच्च अदालतको कार्यान्वयन महाशाखाले राखेपलाई पत्र काट्दै २०६७ साल असोज १८ मा एनओसीका बारेमा गरेको निर्णयअनुसारै काम अघि बढाउँदै जानकारी दिन पत्र काटेको थियो । 'सर्वोच्चको निर्देशनअनुसारै अघि बढेका छौं,' सदस्य-सचिव लामाले भने, 'काम गर्दै अघि बढ्न निर्देशन दिएको छु ।' उनले अहिल्यै सातदोबाटोमा रहेको ओलम्पिकको भवन कब्जा र अन्तर्राष्ट्रिय मान्यताको बारेमा नसोचेको बताए । 'बेला आएपछि त्यो बारेमा सोचिन्छ,' उनले थपे, 'पहिला देशकै खेलकुद मिलाऔं । त्यसपछि अन्तर्राष्ट्रियको कुरा गर्छौं ।' राखेप र एनओसीबीचको वार्तामा अध्यक्ष राणालगायत उपाध्यक्ष, सदस्यसहित ११ पदाधिकारीको उपस्थिति थियो । राणा कमिटीले अब के गर्दै जाने भन्ने बारेमा आगामी शनिबार हुने साधारण सभाले निर्णय गर्ने श्रेष्ठले जानकारी दिए । एनओसीको निर्वाचन २०६४ सालमा भएपछि प्रधान अध्यक्षमा नियुक्त भए । तर २०६७ सालमा सर्वोच्च अदालतले त्यसअघि राणा अध्यक्ष र प्रधान महासचिव रहेकै एनओसीलाई मान्यता दिएपछि नेपालमा दुई कमिटी अस्तित्वमा आए र एनओसी विवाद चुलिन पुग्यो । प्रधान कमिटी भने अहिले लन्डन ओलम्पिकका लागि बे
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com