cancel
एक समय यस्तो थियो- 'जनयुद्ध' बारे कसैले थोरैमात्र आलोचना गरेर लेख्यो कि प्रतिरक्षार्थ माओवादी कलम उठिहाल्थ्यो । अझ खासगरी बाबुराम भट्टराईका मसिना तर खिरिला अक्षरहरू पत्रिकाका कार्यालयमा आइहाल्थे । अब त्यस्तो अवस्था रहेन । एमाले विश्लेषक घनश्याम भुसालले माओवादी रणनीति र नियतको उछितो काढ्दै कान्तिपुरमा लेखहरू लेखेर बहसमा आउन चुनौती दिंदा पनि न कुनै माओवादी नेताको मुख खुलेको छ, न त कलम । यसले पूर्वविद्रोहीहरूमा बढ्दै गएको बौद्धिक एवम् वैचारिक विचलनतर्फ संकेत गर्छ । आफूहरूको यस्तो निरीह अवस्थाले प्रधानमन्त्री भट्टराईमा चाहिं बेचैनी निकै बढाएको छ । बालुवाटारको बास सायद अब पुगेजस्तो छ । केही दिनअघि कुराकानी हुँदा मैले पहिलोपटक उनलाई 'रक्षात्मक' पाएँ । 'अब म यहाँ जति धेरै बसें, बदनामीबाहेक केही पाउँदिनँ, त्यसैले जतिसक्दो चाँडो यहाँबाट निस्कन चाहन्छु । आखिर मैले भोलि पनि राजनीति गर्नु छ,' उनले थपे, 'मलाई मजा आउने र सबभन्दा आराम हुने भनेको उही लेखपढ गर्न पाउँदा हो, अब म त्यही जीवनमा र्फकन चाहन्छु ।' डा. बाबुराम भट्टराईको प्रधानमन्त्रीत्व नेपाली राजनीतिमा बौद्धिक हस्तक्षेपको उत्कर्ष थियो, जसको उत्तरार्द्ध सुखद रहेन । सिंहदरबारमा उनको आगमनलाई मिडियादेखि सर्वसाधारणसम्मले उत्साहपूर्वक स्वागत गरेका थिए, तर अपेक्षा पूरा नभएपछि आलोचना पनि उत्तिकै गर्दै छन् । प्रधानमन्त्री भट्टराई स्वयंचाहिं आफूलाई काम गर्न नदिइएको गुनासोको पोको लिएर बसेका छन् । केही निर्णय गर्यो, पत्रिकाले लेखिदिने, अनि त्यसैका आधारमा अदालतले रोकिदिने सिलसिला चलेको दुःखेसो पोख्छन् । राज्यको एउटा मुख्य अंग (संसद्) को अभावमा सरकारलाई जवाफदेही बनाउने काम यिनै तेस्रो र चौथो अंगले गरिरहेको चाहिं साँचो हो । पहिलो अंगलाई काम गर्न नदिइएको हो वा 'केही गरौं' भन्ने मनसाय हुँदाहुँदै पनि गर्ने ढंग नपुगेको हो ? यसबारे प्रधानमन्त्री स्वयंले ठन्डा दिमागले समीक्षा गर्दा राम्रो होला, ताकि भविष्यमा फेरि सत्ता चलाउने अवसर आए त्यो एउटा पाठ बनोस् । यसैबेला अर्को निरीहता प्रकट भएको छ प्रधानमन्त्रीबाट- चाबी अन्यत्रै रहेछ । एकातिर आफ्नो 'भारतपरस्त' भन्ने छवि स्थापित हुन लागेको, अर्कोतिर व्यवहारमा चाहिं आफूले समेत चरम् बाह्य दबाब भोग्नुपरेको विरोधाभासबीच उ
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com