cancel
राष्ट्रपति डा. रामबरण यादवको ब्यक्तिगत निम्तोमा नेपाल आएका भारतीय जनता पार्टीका नेता यशवन्त सिन्हा त्यहाँको बिपक्षी दलमा आबद्ध भएपनि सत्तापक्षले गर्ने काम गरेर फर्किएका छन् । अहिलेको राजनीतिक परिस्थीतिमा कस्तो नीति लिने भन्ने बुझ्न आएका सिन्हाले अहिलेको माओवादी नेतृत्वको सरकार फेरेर नयाँ चुनावमा जानुपर्ने निष्र्कष निकाल्दै फर्किएको आजको जनआस्था साप्ताहिकले जनाएको छ । पूर्व अर्थमन्त्री एवं बिदेशमन्त्रीसमेत रहेका सिन्हाले नेपालका सवै दलका नेताहरुलाई भेटिसकेपछि बाबुराम सरकारलाई फेरेर नयाँ चुनावमा जानुपर्ने निष्र्कष निकालेको समाचारमा उल्लेख छ । बाबुरामलाई नै निरन्तरता दिने कि बिपक्षीहरुले आग्रह गरेअनुसार कांग्रेस एमालेलाई साथ दिने भन्नेमा स्पष्ट हुन नसकेपछि सरकारले सिन्हालाई पठाएको बताइएको छ । सत्ता पक्षका मानिस पठाउँदा शंका हुने ठानेर भारत सरकारले सिन्हाको साथ लिएको बताइएको छ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com