cancel
एकीकृत नेकपा (माओवादी) ले साम्राज्यवादी शक्तिविरुद्ध अन्तर्राष्ट्रिय मोर्चा निर्माण गर्ने भएको छ। माओवादीले आफूसँग विचार मिल्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टी तथा पश्चिमा शक्तिविरोधीसँग मिलेर त्यस्तो मोर्चा बनाउन लागेको हो। त्यसका लागि उसले आगामी माघ १४ मा हुने भनिएको आफ्नो पार्टीको राष्ट्रिय महाधिवेशनमा बृहत् आन्तरिक बहस चलाउने भएको छ। मोर्चाले पश्चिमा राष्ट्रहरूले अतिकम विकसित तेस्रो विश्वका मुलुकहरूमाथि गर्र्दै आएको अत्याचार र बलजफतीविरुद्ध जनमत बनाउने बताइएको छ। यसअघि माओवादी अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीहरूको संगठन रिभ्योलुस्नरी इन्टरनेसनल मुभमेन्ट “रिम” मा आबद्ध थियो। शान्तिप्रक्रिया र संविधानसभा निर्वाचन हुँदै सरकारसम्म आउँदा माओवादीले संशोधनवादी बाटो समातेको भन्दै रिमले आपत्ति जनाउँदै आएको छ। माओवादीले आफूमाथि रिमले लगाएको आरोपको खण्डन गर्दै साम्राज्यवादको गन्ध रिममा पनि देखिएकोे निष्कर्ष निकालेको छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com