cancel
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यबाट पोसाक–भत्ता लिने तर पोसाक नलगाउने राष्ट्रसेवक कर्मचारीलाई तत्काल कारबाही गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिएको छ । पोसाक–भत्ता लिने तर पोसाक नलगाउने राष्ट्रसेवक कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन र उनीहरूले सम्हाल्दै आएको जिम्मेवारीबाट वञ्चित गर्न मुख्यसचिवदेखि सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएको अख्तियारले बताएको छ । अख्तियारले सोमबार नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेल र अन्य सबै मन्त्रालयका सचिवलाई ‘सरकारी पोसाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन र उनीहरूले हाल वहन गर्दै आएको जिम्मेवारीबाट वञ्चितसम्मको कारबाही गर्न’ निर्देशन दिएको हो ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com