NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ १२ २०७०
आईतबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - विना चालक रेल गुड्यो

जनकपुर रेल्वेको ७५ वर्षको इतिहासमा सोमबार अनौठौ घटना भएको छ । भारतको जयनगरबाट जनकपुर आउने तयारीमा रहेको जेड ई एन ५ (५३५) नम्बरको डिजल इन्जन चालकबिना नै २९ किलोमिटर गुडेर सोमबार अपराह्न जनकपुर आइपुग्यो । बाटोमा पर्ने दुई दर्जनभन्दा बढी पुल, सातवटा रेल्वे स्टेसन तथा आधा दर्जनभन्दा बढी गाउँ पार गर्दै चालकबिना नै रेल यहाँसम्म आइपुगे पनि बाटामा कुनै दुर्घटना भएन । प्रायः दिन पिच्छे लिक छाड्ने रेल इन्जन बिना कुनै रोकटोक यहाँसम्म आई पुग्नुलाई रेल्वे कर्मचारीहरूमात्र होइन, स्थानीयवासी पनि 'अचम्म' को घटना मान्छन्- 'गत पचास वर्षमा यस्तो घटना सुनेको पनि थिइनँ । आज देख्ने मौका पाएँ ।' रेल्वे स्टेसन बुक स्टलका सञ्चालक राजेन्द्र कुशवाहाले भने । अन्य दिनमा दस किलोमिटर प्रतिघन्टा भन्दा पनि थोरै गतिमा हिँड्ने रेल झन्डै पचास किलोमिटरको गतिमा हिँडेको देखेर बाटो भरि हल्ला खल्ला भएको थियो । जयनगरबाट बिना चालक रेल गुडेको खबर एकले अर्कालाई मोबाइलबाट दिन थालेको थिए । रेल इन्जन जनकपुर आई पुग्दासम्म रेल्वे स्टेसनमा सयौं स्थानीयवासी भेला भइसकेका थिए । धनुषाका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम, प्रहरी उपरीक्षक पुरुषोत्तम कडेल, सशस्त्रका एसपी मदन विष्टसहित ठूलो संख्यामा प्रहरी वल रेल्वे स्टेसन पुगेका थिए । कृष्णाष्टमीको तयारीमा रहेका जनकपुर रेल्वे स्टेसन एरिया युवा क्लबका युवक तथा रेल्वे कर्मचारी गुडी रहेको रेल रोक्न लिकमाथि अवरोधक राखेका थिए । रेल्वे स्टेसन एरिया क्लबका अध्यक्ष देवु यादवले भने- 'हामीले रेल लिकमाथि अवरोधक नराखेको भए, ठूलो दुर्घटना हुन्थ्यो ।' जनकपुर रेल्वे स्टेसन मेनेजर खतिवडाले भने, 'आउँदै गरेको रेललाई तीन नम्बर ट्रैकमा तेर्सायौं । स्थानीय युवकले त्यहाँ अवरोधक राखे । अनि बल्ल इन्जन रोकियो ।' जनकपुर रेल स्टेसनमा विद्यमान तीन ट्रैकमध्ये तीन नम्बर ट्रैक बिग्रेकाले यसमा हिँडने रेल तल खस्छ भन्नेर उनीहरूले तीन नम्बर ट्रेकको प्रयोग गरेका थिए । प्राप्त जानकारी अनुसार- अपराह्न साढे तीन बजे जयनगरबाट जनकपुर आउने रेल सेवाको तयारीमा रहेका चालक रफिक कवारीले इन्जनलाई सफा सुग्घर गर्दै गरेको बेला इन्जन गुड्न थालेको थियो । एक रेल कर्मीका अनुसार- इन्ज

चालकबिनै रेल जनकपुर आयो
जनकपुरधाम, साउन २२- चालकबिना नै रेलको इन्जिन २९ किलोमिटर यात्रा गरेर जनकपुर आइपुग्यो भन्दा अचम्म लाग्न सक्छ, तर जनकपुरवासीले आज यस्तै रमिता देख्‍न पाए। कुरा हो जयनगरको। दिनको ३ : ४० बजे भारतको जयनगरबाट जनकपुर आउन तयारी अवस्थामा रहेको रेलको इन्जिन यात्रु र बोगी (अन्य डिब्बा) लाई जयनगरमै छाडी चालकबिना नै जनकपुर आइपुगेको छ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004