cancel
नेपाली कांग्रेसका अधिकांश जिल्ला सभापति इन्टरनेट नै चलाउँदैनन्। २० प्रतिशत जिल्ला सभापतिले मात्र इन्टरनेट चलाउने खुलेको छ। कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा गरेको तीनदिने प्रशिक्षणका क्रममा थाहा भयो- सूचनाप्रविधिमा जिल्ला सभापति धेरै पछाडि छन्। प्रशिक्षणमा कांग्रेसका ७५ जिल्लाकै सचिव सहभागी छन्। प्रमुख सहर र सुगम जिल्लाका समितिसमेत सूचना-प्रविधिको सञ्जालमा नजोडिएको प्रतिष्ठानका सदस्य एवं प्रशिक्षण संयोजक विनोदकुमार भट्टराईले बताए। पचहत्तरै जिल्ला सचिवहरूलाई प्रविधिबारे जानकारी दिन कांग्रेसले पहिलोपटक यस्तो प्रशिक्षण आयोजना गरेको उनले जानकारी दिए। 'देशभरका २० प्रतिशत मात्र कांग्रेस जिल्ला सभापति तथा सचिव इमेल-इन्टरनेट चलाउँदा रहेछन्,' भट्टराईले नागरिकसँग भने, 'यसले सूचना-प्रविधिको युगमा कांग्रेस जमानाअनुसार चल्न नसकेको देखिएको छ।'
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com