cancel
तत्कालीन विदेश सचिव श्यामशरणले कटवाल काण्डमा भारतको हस्तक्षेपको रहस्य खोलेका छन् । त्यसो त खरीपाटी प्लेनममा प्रचण्डले रुक्मांगद कटवाललाई नहटाउन भारतीय दबाब आएको र हटाउनैपर्ने भए कुलबहादुर खड्कालाई नदिई उनीमुनिका छत्रमान गुरुङलाई दिने सुझाव आएको थियो भनेर बोलेका थिए । त्यसको केही महिनापछि कटवालले आफ्नो म्याद थप्ने पहल गरिदिन श्यामसरणपछिका तत्कालीन विदेश सचिव शिवशंकर मेननलाई आग्रह गरेको खुलासा पनि विकिलिक्सले गरेको थियो । ६ सेप्टेम्बर २०११ को काठमान्डू पोस्टमा प्रकाशित समाचारअनुसार, मेननले तत्कालीन अमेरिकी राजदूत न्यान्सी पावेललाई कटवालले गरेको उक्त प्रस्तावको अवगत गराउँदै उनी र माओवादी नेता मोहन वैद्यलाई 'भावी पदको भित्री लक्ष्य राखी आफ्नो निजी स्वार्थका लागि काम गर्ने तर बाहिर राष्ट्रवादको नारा लगाउने व्यक्ति'का रूपमा चित्रित गरेको विकिलिक्सले खुलासा गरेको थियो । कटवाललाई समर्थन गरे पनि म्याद थप्ने कुरामा समर्थन नगरेको तथ्यले भारतको दृष्टिकोण व्यक्तिभन्दा 'सिस्टम' मा केन्दि्रत रहेको बुझ्न सकिन्छ । केही दिनअघि प्रचण्डले कटवालमाथिको कारवाही र सरकारबाट हट्नुलाई भूल भनेका थिए । राजनीतिक नजरबाट यो भूल मानिए पनि प्रशासनिक नजरमा यो व्यवस्थापनको कमजोरी थियो । गिरिजाबाबुले चिफको अवधि घटाएर ३ वर्ष तथा चिफलाई सरकारले बर्खास्त गर्नसक्ने सैनिक ऐन ०६३ को ११ -३) बनाएका थिए । वास्तवमा एक-डेढ वर्षभित्रै कुलबहादुर खडका नम्बर दुई हुने बित्तिकै कटवाललाई हटाएर कुलबहादुरलाई चिफ बनाउने लक्ष्यमा उक्त दफा राखिएको आशंका तत्पश्चात गिरिजाबाबुबाट गरिएको गोविन्द गुरुङको बढुवा रोक्का, अन्यको म्याद नथप तथा अदालती आदेशको बर्खिलाप इत्यादि विविध कार्यबाट प्रमाणित थियो । प्रशान्त क्षेत्रीय चिफहरूको भेलामा कटवाल जाने कुरामा क्याविनेट बैठकमा गिरिजाबाबुले चिफको नाम काटी (भावी चिफ बनाउँदै) कुलबहादुरलाई जाने आदेश दिएपछिको अवस्थामा कमाण्ड परिवर्तन भरे हो कि भोलि भन्ने तनाव सेनाभित्र थियो । तर त्यसबेला कटवाल हटाई कुलबहादुरलाई चिफ बनाउने गिरिजाबाबुको चाहना सफल नहुनुमा एक पूर्वप्रधानमन्त्रीका सिफारिसमा भएको भारतीय हस्तक्षेप भन्ने अनुमान हामीले गर्ने आधार धेरै थिए । विषय प्रसंगमा आउंँदा, राजा हटेपछि, आफू राष्ट्रपति बन्ने आशामा ४७ को संविधा
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com