cancel
समायोजन रोजेर शिविरमा बसेका माओवादी लडाकु समायोजन प्रक्रिया अघि नबढेकोप्रति असन्तुष्ट भएका छन् । प्रधानमन्त्री र पार्टी नेतृत्वले समायोजन छिटो टुंगो लगाउन चासो नदिएको पनि उनीहरूको गुनासो छ । समायोजन रोजेका लडाकु कर्ण थापा संघर्षले समायोजन प्रक्रियाको टुंगो नलाग्दा आफूहरूको भविष्य अनिश्चित भएको बताए । 'प्रधानमन्त्री र पार्टी अध्यक्षले कि हामीलाई समायोजनमा पठाउनुपर्यो कि प्याकेज दिएर बिदाइ गर्नुपर्यो,' उनले भने, 'यसरी अब कति समय शिविरमा बस्ने ?' अर्का लडाकु गोविन्द बुढाले पनि समायोजनबारे अन्योल हुँदा आफूहरू दोधारमा परेको बताए । 'समायोजन हुन्छ भन्ने सोचेर शिविरमा लामो समय बसियो, तर अहिले न समायोजन होला जस्तो छ न प्याकेजमा नै पठाइएको छ,' उनले गुनासो गरे, 'यसले थप अन्योल बढायो ।' एकीकृत माओवादीको सातौँ विस्तारित बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मानजनक समायोजन नभए समायोजन रोजेका सबै लडाकुलाई स्वेच्छिक अवकाशमा पठाउने घोषणा गरेपछि थप अन्योल बढेको पनि लडाकुको भनाइ छ । समायोजन रोजेका लडाकुले नेतृत्वको ध्यानाकर्षण गराउन सोमबार अध्यक्ष प्रचण्डसँग छलफल गर्दै छन् ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com