NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ १२ २०७०
आईतबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Abhiyan - काठमाडौंको फोहोरबाट १५ मेगावाट विद्युत्

काठमाडौंको फोहोरबाट साढे १५ मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ । बालाजी बायोमास ब्रिकेट कम्पनी प्रालिले फोहोरबाट विद्युत् निकाल्ने तयारी गरेको हो । ‘फोहोरलाई मोहोरमा रूपान्तरण गर्ने प्रक्रियामा हामी लागेका छौं,’ बालाजी बायोमास कम्पनीका प्रोजेक्ट इञ्जिनीयर तथा टेक्निकल डाइरेक्टर अभिषेक श्रेष्ठले भने । पहिलो चरणमा आगामी फागुनभित्र ३ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गरिसक्ने कम्पनीको योजना छ । ‘साढे तीन मेगावाट विद्युत् उत्पादनका लागि १ सय ५० देखि २ सय मेट्रिकटन फोहोरको खपत हुने अनुमान छ,’ श्रेष्ठले भने । फोहोरबाट विद्युत् निकाल्न कम्पनीले ओखरपौवामा मेशिन राख्ने काम गरिरहेको छ । कम्पनीले पावर प्लाण्ट निर्माणमा लाग्ने खर्चको रकम जुटाउन स्वदेशी तथा विदेशी बैङ्कसँग कुरा भइरहेको जानकारी दिएको छ । ‘स्वदेशी बैङ्कले पनि लगानी गर्ने इच्छा देखाएका छन्,’ श्रेष्ठले भने । फोहोरबाट विद्युत् उत्पादन गर्ने कार्यलाई ‘नमूना कार्यक्रम’का रूपमा लिइएको छ । ‘पहिलो चरणको विद्युत् उत्पादन सम्पत्र भएपछि दोस्रो चरणमा यसको क्षमता अभिवृद्धि गरी साढे १५ मेगावाट पु¥याउने तयारी गर्नेछौं,’ श्रेष्ठले भने । १५ मेगावाट विद्युत् उत्पादन गर्न दैनिक १ हजार मेट्रिक टन फोहोर आवश्यक पर्ने कम्पनीको अनुमान छ । हाल काठमाडौं उपत्यकाबाट दैनिक १ हजार मेट्रिकटन फोहोर सङ्कलन भइरहेको काठमाडौं महानगरपालिकाले बताएको छ । तर, निजीक्षेत्रबाट हालै गरिएको अध्ययनले काठमाडौं उपत्यकाबाट दैनिक ७ सय मेटन फोहोर जम्मा हुने गरेको देखाएको छ । हाल भइरहेको फोहोरले १५ मेगावाट विद्युत् उत्पादन सजिलै गर्न सकिने विद्युत् विशेषज्ञहरूको भनाइ छ ।

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004