cancel
यदी तपाई माईक्रोसप्ट उत्पादीत विन्डोज अपरेटिङ्ग सिस्टम प्रयोग गर्नु हुन्छ भने अवश्य पनि एन्टीभाईरस प्रोग्राम राख्नु भएको होला । राखी सक्नु भएको छैन भने कुन र कस्तो एन्टीभाईरस राख्ने भनेर दुबिधामा हुनु हुन्छ होला किनभने ईन्टरनेट बजारमा एन्टीभाईरस बनाउने कम्पनीले सबैभन्दा राम्रो भनेर जुन उत्पादनको प्रचारको गरीरहेको हुन्छ त्यही उत्पादनको निशुल्क संस्करण पनि उपलब्ध हुन्छ । अवश्य पनि शशुल्क सफ्टवेयरमा पाईने केही फिचरहरु निशशुल्क पाईने सफ्टवेयरमा उपलब्ध हुदैनन तर पनि निशुल्कमा उपलब्ध नभएका ति फिचरहरुको काम के हो भनेर नबुझ्दा प्रयोगकर्ताहरु त्यही उत्पादन सित्तैमा पाईरहेको छ भने किन पैसा तिर्ने भने अलमल्लीरहेका हुन्छन । अझ केही एन्टीभाईरस मा शशुल्क प्रोग्राममा पाईने सबै फिचरहरु केही निश्चीत समयाबधीको लागी भनेर निशशुल्क संश्करण उपलब्ध गराएको पनि हुन्छ । यती सबै कुरा गरीसक्दा तपाई झनै दुबिधामा पर्नु भएको हुन सक्छ तर जडी कुरा के हो भने निशशुल्क पाईने एन्टीभाईरस प्रोग्राम तपाईकोलागी पर्याप्त हुदै हैन ।निशुल्क उपलब्ध गराईएका प्रोग्रामहरु एक हिसाबले तिनै शशुल्क उत्पादनको बिज्ञापन हो । केही निशश्चीत समयवधीको लागी निशुल्क उपलब्ध गराईएको होस वा केही फिचरहरु डिसेबल गरेर बितरण गरिएको सफ्टवेयर बास्तबमै प्रयोगकर्ताको आवश्यकता पुर्णरुपमा परिपुर्ति गर्न सक्षम हुनै सक्दैनन । उत्पादकहरु प्रयोगकर्ता कुनै एउटा अवश्थामा पुगेर आफ्नो उत्पादन प्रयोग गर्न बाध्य हुन भन्ने अभिप्रायले त्यस्ता सफ्टवेयरहरुको निशुल्क बितरण गरीरहेका हुन्छ । यसमा टेक्नीकल सपोर्ट देखी त्यसैको शशुल्क संस्करणमा उपलब्ध भएको फायरवाल लगायत अन्य थप पुर्ण सुरक्षाको उपायाहरु अबलम्बन गरीएको हुदैन । प्रयोगकर्ताले कुनै बिन्दुमा पुगेर कि सबै प्रोग्राम नै अनईन्सटल गर्नु पर्ने कि त्यसै सफ्टवेयरको शशुल्क सफ्टवेयर खरिद गर्नु पर्ने हुन जान्छ । अझ हाम्रो जस्तो पाईरेटेड सफ्टवेयर छ्यासछ्यास्ती पाईने कम्प्युटर बजारमा एन्टीभाईरस नै पनि लाईसेन्स सहितको भनेर सिडी कै मुल्यमा पाईन्छ । शशुल्क उपलब्ध हुने फूल भर्सन प्रोग्राम प्रयोग गर्ने लोभमा यस्ता प्रोग्राम ईन्सटल गर्नु चाही अन्ततगोत्वा प्रोयोगकर्ताको हितमा हुदैन अझ बरु समस्या उत्पन्न हुन जान्छ । जस्तो कि ईन्टरनेटवाट फैलिरहेका नयाँ नयाँ भाईरस डिलिट गर्नको लागी एन्टीभाईरस प्रोग्रामको भाईरस डेफिनेस
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com