cancel
ममल हुँ । म बल हुँ । म पोसिलो फल हुँ । तर अहिलेका लागि माओवादीजस्तै फुटेको दल हुँ । मेरो माग छ, आपूर्ति छैन । धेरैले खोज्छन्, पुग्ने क्षमता छैन । कोही भन्छन्- दक्षिणबाट आउँदै छु । कोही भन्छन्- उत्तरबाट ल्याइँदै छु । तर थाहा छैन- कहाँ छु, कति छु, कसको भरमा छु, कहिले आउँछु र पूरा हुन्छु । र, शक्ति देखाएर बोराभरि टनक्क पर्छु । अनि मात्र आङ तानेर गजक्क पर्छु । मलाई देखेर म आफैं छक्क छु । आफ्नो महिमा गाउँदा आफैं मख्ख छु । सबैले भन्छन्- सिनोमा गिद्ध झुम्मिएझैं, कुर्सीमा मान्छे लट्ठिन्छन् । मलाई लाग्छ— त्यो गलत हो । बरु प्रधानमन्त्रीको कुर्सीका अगाडि २-४ जना झुम्मिएलान्, मेरासामु त हजारौंको भीड लाग्छ । कुर्सीको रस केही दर्जनको रगतमा पुग्ला, मेरो रस त व्यक्ति-व्यक्तिको नसामा दौडिरहेको हुन्छ । गरिब हो भने रोटी खाओस्, धनी भए पिज्जा ! चाहे त्यो गुन्द्रक होस् वा ममको मज्जा- आखिर केलाई चाहिँदैन मल ? सबैका आत्मामा बरु भगवान् नपुग्लान्, सबैका पेटमा म पुग्छु । म न घृणा गर्नेलाई लात्ती बजार्छु, न माया गर्नेलाई अँगालो मार्छु । म न गर्छु पाप, न त भेदभाव । म सर्वहारी, म सर्वव्यापी । मेरै नाममा कतिले करोडौं खाएका होलान् । कतिले विभिन्न तरिकाले राज्यकोष हसुरेका होलान् । कसैका पेटमा सिंगै गाडी होलान् । कसैका भुँडीभरि पैसाका बि्रफकेस होलान् । कसैकामा कमिसन होलान् । कसैले राज्यको ढुकुटी चुसेर पेट भुक्क पारेका होलान् । तिनीहरूले ती वस्तु न माथिबाट ओकल्छन्, न तलबाट निकाल्छन् । 'वरिष्ठहरू' ले खाएको 'विशिष्ट' खुराक कहिल्यै 'मल' हुँदो रहेनछ । मलाई दुःख यसैमा लाग्छ । पशुपन्छीले खाएर निकाल्ने, फोहोर भनेर फाल्ने, कुहेको चिज चाल्ने, फाल्न नसकेको वस्तु बाल्ने अनि मेरो नाम दिएर बालीनालीमा हाल्ने ? छुन घिन लाग्ने, खान स्वाद मान्ने ? जुकाले अर्काको रगत चुसेजस्तो मलाई सबैले चुसिरहेका छन् । हरेक साँझ-बिहान लुछिरहेका छन् । तर मलकै नाममा ठूलाबडाले छल गरिरहेका छन् । पेट भरिरहेका छन् । मैलाई खोजेर मान्छेको भीड लागेको छ । लुछालुछ र कुटाकुट चलेको छ । कोही घाइते भएका छन् । कोही मुच्र्छा परेका छन् । कोही बेखर्ची बनेका छन् । म केही गर्न सक्दिनँ, ट्वाँ पर्छु, हेर्छु । गरिबका बाली पहेंलिएका देखेर दिक्क मान्छु । धनीका पेट फुलिएका देख
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com