cancel
हाइवे इलामबाट सुरु हुन्छ र काठमाडौँमा गएर सकिन्छ, यही बिचमा कथाका हरेक पात्रलाई ‘स्थापित’ गरिन्छ, अनि ‘हाइवे’मा ती पात्रहरुको जिवन कसरी जोडिएकोछ भनेर दर्शकले थाहा पाउँदा नपाउँदै चलचित्र सकिन्छ । चलचित्र सकिएपछि यसले दर्शकलाई ‘हाइवे’का विभिन्न आरोह अवरोहका बारेमा सोच्न बाध्य बनाउँछ । ईलामबाट काठमाडौँको लागि गुडेको बस राजन खतिवडाले चलाएकाछन्! बस यात्रीका रुपमा दयाहाङ राई, सृष्टि घिमिरे, ईलम दिक्षित लगायतछन्, उनीहरुको सबैको जिवन काठमाडौँसँग जोडिएकोछ, अर्को अर्थमा भन्दा ‘हाइवे’मा जोडिएकोछ । भारतिय लाहुरे दयालाई ३६ घन्टा भित्र घर पुग्नुपर्नेछ, ईलमलाई अनलाइनबाट बनाएको आफ्नो ‘गे’ साथिलाई भेट्नुछ, सृष्टिको बिहे अमेरिकाबाट फर्केको बच्चाबेलाको साथि कर्मासँग हुँदैछ, अर्की एकजना आफ्नो छोरीज्वाईको बिग्रेको सम्बन्ध सुधार गराउने धुनमा काठमाडौँ जाँदैछिन, ड्राइभरलाई पनि आफ्नी प्रेमिका ‘डान्सबार’ डान्सर रिचालाई भेट्नुछ । तर उनीहरुको बस बन्दको मारमा पर्छ । सबैलाई काठमाडौँ पुग्ने हतार भएको हुँदा दयाले बिहेको नाटक गरौँ भन्दै सृष्टि र इलमको बिहे गराएर, बन्दबाट आफ्नो गाडि फुत्काउँछन् । कहिले फ्ल्यासब्याकममा गएर त कहिले बससँगै अघि बढेर पात्रहरु परिचय गराउँदै लगिएकोछ । कुराभन्दा पनि काम र पात्रहरुले गरेका हर्कतबाट उनीहरुको परिचय खुल्दै जान्छ । दयाहाङलाई भारतिय लाहुरे देखाउन, नेपाल-भारत सिमाना देखाइएकोछ, सृष्टिको बच्चाबेला’को साथि अमेरिकाबाट बिहे गर्न फर्केकोछ, ऊ अमेरिकाबाट फर्केको भन्ने कुरा उसको हाउभाउ र ड्रेसअपले जनाउँछ । सृष्टि बिहे गर्न काठमाडौँ जाँदै गरेतापनि, उनी सौगात सँग ‘रिलेसनसिप’मा रहेकी कुरा, बुढासुब्बामा बाँधिएको धागोहरु र सेक्सलाई सिम्बोलाइज गरिएको क्षणले बताउँछ । डाक्टर रविन्द्र र उनकी श्रीमती बिच किन विश्वासको संकट सिर्जना भएकोछ भनेर देखाइएकोछैन तर आफ्नो छोरी ज्वाईको सम्बन्धमा खटपट आएपछि रविन्दकी सासु काठमाडौँ हान्निएकीछिन् र काठमाडौँ चाँडै पुग्नुपर्ने बाध्यता उनलाई आइलागेकोछ । उता काठमाडौँमा लाहुरेनी ‘आशा’ र विनयको सम्बन्ध झाँगिएकोछ, तर लाहुरे आउने खबर काठमाडौँ पुगिसकेकोले दुवैविच ‘टेन्सन’ उत्पन्न भइरहेकोछ । डान्सबार डान्सर रिचा आफ्नी बिरामी छोरीको हेरचाहमा जुटेकीछिन् र बस ड्राइभरको पर्खाइमा रहेकीछिन्, ड्राइभरलाई काठमाडौँ चाँडो पुग्नुपर्ने बाध्यताछ । ड्राइभरलाई चिनाउन, ब
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com