cancel
निर्वाचन आयोगले तोकेको समयसीमाभित्र कानुनी व्यवस्था नहुने निश्चित भएपछि सरकारले मंसिर ७ मा तोकिएको चुनाव केही महिना पर सार्ने तयारी गरेको छ। कांग्रेस, एमालेलगायत विपक्षी दलहरुले चुनावै अस्वीकार गरेपछि कानुनी जटिलताका कारण प्रधानमन्त्री बाबुराम भट्टराई चुनाव सार्नुपर्ने निष्कर्षमा पुगेका हुन्। निर्वाचन आयोगले घोषित मितिमा चुनाव गराउन १ सय २० दिनअघि नै आवश्यक संवैधानिक व्यवस्था गर्न सरकारलाई साउन ७ को समय सीमा तोकेको छ। 'सकभर दलहरुबीच सहमति गरी मंसिरमै चुनाव गराउनुपर्छ भन्ने हो,' मधेसी मोर्चाका तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले नागरिकसँग भने, 'साउन ७ सम्म सहमति नभई कानुन बन्न नसके दलहरुबीच सहमति गराउन पनि चुनाव सार्नु नै उपयुक्त विकल्प हो भन्ने प्रधानमन्त्रीको धारणा छ।'
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com