cancel
धादिङको कृष्णभीरबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १७ पुगेको छ । उदयपुरबाट काठमाडौंका लागि छुटेको ना २ ख ४९५१ नम्बरको बस धादिङको धुषा गाविसस्थित कृष्णभीरबाट त्रिशुली नदीमा खसकेा थियो । प्रहरीका अनुसार थप ७ जनाको शव नदीबाट निकालिएको छ । यस अघि दुर्घटनास्थलवाट ६ जनाको शव निकालिएको थियो भने उपचारका लागि काठमाडौं लैजाने क्रममा ४ जनाको ज्यान गएको थियो । उदयपुरका २२ बर्षिय छिपनारायण श्रेष्ठ, सिराहाका २८ बर्षिय मोहम्मद कलामुद्धिन शेष, नुवाकोटका नारायण अधिकारी, उदयपुरकै २२ बर्षिय सुरेन्द्र साह र धनुषाका २२ बर्षिय विनोद महराको शव नदीवाट निकालेको हो । ३० बर्ष जतिको एक महिला र एक पुरुषको अझै सनाखत हुन सकेको छैन ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com