cancel
'Let's Change Ourselves to Change the World.' भन्ने नाराका साथ संसार बदल्ने हिम्मत लिएर अघि बढेका एक योगी छन् । स्वदेश र विदेशमा समेत प्रशस्त चेला-चेली र प्रशंसकहरू रहेका ती योगी डाक्टर विकासानन्दको फेसबुक पेज बेला बेलामा हेर्ने गर्थेँ । कुनै कुरा चित्त बुझ्थ्यो ‘लाइक’ गर्थेँ त कुनै कुरा चित्त बुझेन भने आफ्नो विचार राख्थेँ। सामाजिक सञ्जालमा रहेको पेज सबैको लागि खुला हुने र उनैको पेजमा ‘पब्लिक फिगर’ भन्ने लेखिएकोले अरू पेजमा जस्तै सो पेजमा पनि मेरो ‘पब्लिक उपस्थिति’ रहन्थ्यो । तर बीचमा केही समय यता आफूले मन पराएको र विमतिका शब्दहरू लेखको ‘स्टाटस’ मा के-के अन्तरक्रिया भएछन् त भन्ने जिज्ञासा जागेर हेर्दा आफूले लेखेको कमेन्ट डिलिट गरिएको देखेपछि अचम्म लाग्यो । नेपालको परिप्रेक्षमा हेर्दा नाम कमाएका भन्न मिल्ने यी ‘पब्लिक फिगरले’ म जस्तो सामान्य मानिसको कमेन्ट डिलिट गर्लान् भन्नेमा सुरुमा त विश्वास समेत गर्न मुस्किल भयो । तर पछि भने जब जब उनले लेखको कुरामा विमति गरेर ‘तपाईले लेखेको कुरा ठीक छैन’ भन्ने खालको तर्क गरिन्थ्यो ती तर्कहरू डिलिट हुँदा रहेछन् भन्ने थाहा लाग्यो । धेरै अगाडिको कुरा नलेखौँ । भर्खरैको कुरा गर्दा एकदिन उनले आफ्नो वालमा यस्तो लेखेका थिए: Education without affection brings frustration. So , our neen is not education but the vocation. Dear cyber friends ! what is your assuption? मैले हेर्दा, त्यो स्टाटसमा ५० भन्दा बढीले ‘लाइक’ ठोकी सकेका थिए र १४ जनाले ‘वाह!, वाह!! टाइपको’ कमेन्ट लेखि सकेका थिए । मैले धेरै चोटि हेरेँ, तर कुरा बुझिन् । अनि फेसबुकजस्तो खुला पेजमा रहेको योगगुरु र त्यसमाथी पनि ‘पब्लिक फिगर’ सँग सिकाई माग्नु पर्यो भनेर त्यसको तल कमेन्ट छाँडेँ: “हुन त यो स्टाटसमा ५० जना भन्दा बढिले ‘like’ र कमेन्ट गरिसकेका रहेछन् तर ‘neen’ र ‘assuption’ भन्ने शब्द Oxford Dictionary मा पनि भेटिएन । कृपया मलाई कसैले यो अनुच्छेदको नेपाली अर्थ सम्झाइ दिनु भए आभारी हुने थिएँ । केही समय फुर्सद भएन र इन्टेरनेट चलाइएन । पछि एकदिन हेर्दा माथिको अनुच्छेद यसरी सच्याइएको रहेछ: Education without affection brings frustration. So , our need is not education but the vocation. Dear cyber friends ! what is your assumption? हेरेँ, पुरै अनु
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com