cancel
निर्वाचन आयोगले ७ मंसिरका लागि घोषित संविधानसभाको अर्को चुनावबारे छलफल गर्न बोलाएको बैठकमा राजनीतिक दलका शीर्ष नेता उपस्थित भएनन् । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एकीकृत माओवादी, कांग्रेस-एमालेसहितका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरेको थियो । तर, शीर्ष नेताहरू संविधानसभाको अर्को चुनावबारे छलफलमा नआएको आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले बताए । 'हामीले शीर्ष नेतालाई नै छलफलका लागि बोलाएका थियौँ,' प्रवक्ता त्रितालले भने, 'तर, ठूला दलका शीर्ष नेताहरू आउनुभएन ।' चुनावबारे सरकारसँग औपचारिक छलफल गरेको भोलिपल्ट नै आयोगले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई छलफलका लागि बोलाएको हो । आयोगले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, तथा एमाले अध्यक्ष झलनाथ खनाललाई छलफलका लागि बोलाएको थियो । तर, एकीकृत माओवादीबाट नवराज सुवेदी, कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना र एमालेबाट योगेश भट्टराई आयोगमा पुगेका थिए । अन्य केही दलका शीर्ष नेता भने बैठकमा पुगेका थिए ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com