cancel
सर्लाही, असार २७ - कृषि सामग्री कम्पनीमा रासायनिक मल अभाव भएको मौका छोपेर व्यापारीले भारतबाट गुणस्तरहीन मल अवैध रूपमा ल्याएर महँगोमा बेच्न थालेका छन् । धान खेती लगाउने सिजनमा मलको माग अत्यधिक हुन्छ । खुटौना नाकाबाट गिरोहले गुणस्तर परीक्षण नभएका भारतीय रासायनिक मल दैनिक सयौं क्विन्टल अवैध रूपमा भित्र्याउने गरेका छन् । सदरमुकाम मलंगवादेखि पश्चिमको नाकाबाट मल तस्करी भइरहेको छ । नियन्त्रण गर्ने निकायलाई मिलाएर व्यापारीले गुणस्तरहीन मल ल्याएर किसानसँग चर्को मूल्य असुल्दै आका छन् । भारतबाट ५० केजीको मल प्रतिबोरा ३ सय भारुमा खरिद गरेर यहाँ ल्याई १ हजार ५ सयभन्दा बढीमा बिक्री गर्छन् । ढुवानी, सुरक्षा निकायलाई मिलाउने खर्च सबै कटाउँदा लागत बढ्ने व्यापारीको दाबी छ । भारतको मेजरगञ्जबाट ठूलो परिमाणमा गुणस्तहीन रासायनिक मल भित्रिने गरेको छ । बरहथवा र मलंगवाका दुई व्यापारीले संयुक्त रूपमा अवैध मलको कारोबार गरिरहेका छन् । गुणस्तर परीक्षण नभएका रासायनिक मलले जमिनको उर्वरा शक्ति घटाउने भए पनि अभावका कारण किसान उक्त मल खरिद गर्न बाध्य छन् । किसान शिवजी ठाकुले मल कतै नपाएकाले महँगोमा गुणस्तर नबुझेरै मल खरिद गर्नुपरेको बताए । 'राम्रो मल कृषि सामग्री कम्पनीमा पाइँदैन,' उनले भने, 'सोझा किसानलाई सरकार र तस्कर दुवैले मारमा पारेका छन् ।' सशस्त्र र नेपाल प्रहरीको पहरा रहने नाकाबाट अवैध रूपमा मल भित्रिने गरेकाले ती निकायसँग व्यापारीको मिलेमतो रहेको पुष्टि हुने स्रोतले दाबी गरेको छ । 'साना किसानले ल्याएको १/२ बोरा मल पक्रन्छन्,' सीमा नजिकका एक किसानले भने, 'तस्करले रातभरि प्रहरी सुरक्षामै मल ओसार्छन् ।' प्रकाशित मिति: २०६९ असार २७ १०:१२
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com