cancel
पर्वत, असार २५ - पर्वतको चुवामा रहेको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनामा कार्यरत एक मजदुर गम्भीर घाइते भएका छन् । रामेछाप जिल्लाको ताच्छली ४ का १७ वर्षीय किशोर राई झुन्डियर आत्म हत्या गर्न खोज्दा गम्भीर घाइते भएका हुन् । सोमबार दिउँसो आयोजनाको निर्माणस्थलमा रहेको मजदुर आवास क्षेत्रको छाप्रोमा डोरीको पासो लगाएर झुन्डिँदै गर्दा श्रीमतीले देखेपछि उनलाई डोरीबाट निकालिएको थियो । घाँटीमा डोरीले कस्सिएर गम्भीर बनेका उनलाई पर्वत जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रकाशित मिति: २०६९ असार २५ ०५:१८
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com