cancel
ज्ञानेन्द्र शाह, पूर्व राजाराजतन्त्र उन्मुलन भएको झण्डै ६ वर्षपछि. पूर्व राजा ज्ञानेन्द्रले जनआन्दोलन २०६२/६३ कै क्रममा राजतन्त्र राख्ने सम्झौता भएको तर माओवादी आएपछि सबै कुरा विगि्रएको बताए । उनले आफू अहिले पनि संवैधानिक राजा बनेर अभिभावकको भूमिका निर्वाह गर्न चाहे । न्यूज २४ का लागि प्रेम बानियाँले लिएको अन्तरवार्ता ।यहाँको तीन जिल्लाको पाँच दिने भ्रमण कस्तो रह्यो ?सबैभन्दा पहिले त प्रचण्ड गर्मी भयो सबैलाई जस्तो लाग्या छ । त्यसपछि जनताबाट जहाँ गयौं हामी धेरै आत्मीयता पाएको छु । अँ….अहिलेसम्म मैले यसो अनुभव गर्दा खेरी सफलै भएको जस्तो लाग्छ । मेरो उद्धेश्य यहाँका सर्वसाधारण, दाजू, भाई, दिदी बहिनीले नै निम्तो गरेर शक्ति पीठहरु, मन्दिरहरु र उहाँहरुको माझ आउनलाई निम्तो गरेको हो । त्यो मैले गर्न पाएं । सफलताका साथ भएको जस्तो लाग्छ, त्यसैले यो भ्रमण सबैको प्रयासले राम्रो भएको छ ।हामीलाई पनि खुसी के लाग्या छ भनेः अँ धेरैलाई भेट्न पाएं । धेरैसंग कुरा गर्न पाएं, सबैजनासंग कुरा गर्न पाएं । सबैजना आइदिनु भएकोमा उहाँहरुलाई मेरो धन्यवाद पनि छ ।यो तीन जिल्लामा भएको हरेकजसो जमघटमा धार्मिकस्थलमा गुञ्जिएको आवाज थियो कि हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ भन्नेहरुलाई यहाँले के भन्नु हुन्छ ?त्यो विचारलाई पनि हामीले कदर गर्नुपर्छ जस्तो लाग्यो । रहेछ भन्ने स्पष्ट भयो । पश्चिमाञ्चलमा मात्र होइन हामी जहाँ गएपनि यो आवाज सुनेको र गुञ्जेको होइन, उता अरु ठाउँमा पनि यस्तै कुरा सुनेकै हो । अब त्यसलाई प्रजातान्त्रिक ब्यवस्थामा सबैको बोल्ने, भन्ने र प्रकट गर्ने अधिकार हुन्छ । यो पनि एक समूह छ भनेर सबैले मान्नु पर्छ ।मेरो प्रश्न यो समूहलाई के भन्नु हुन्छ, जसले राजा आऊ देश बचाऊ भनेका छन् ?अब भन्ने त के छ र ? मैले कदरै गर्या छु, उहाँहरु माझमा आएर यसो भेटघाट मिलजुल गरेको मा नि । अहिलेलाई पर्याप्त छ कि भन्ने जस्तो मलाई लाग्छ ।यो भन्दा अरु केही गर्न चाहनुहुन्छ ?त्यस्तो छैन अहिले । अँ… समय आउँला र अहिले चाहीं तुरुन्त म भन्न सक्दिन समय आइनै सक्याछ भनेर ।तपाई देशैभरका धार्मिक पीठहरुमा भगवानको पूजाआजा गर्दै हिड्नु भएको छ, भन्न मिल्छ भने के माग्नु भयो भगवानसंग ?भन्न मिल्छ । जहाँ गएपनि जुन पीठमा गएपनि, जुन मन्दिरमा गएपनि एउटै कुरा मैले माग्या छुः देशमा शान्
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com