cancel
अफगानिस्तानमा डेढ महिनादेखि बन्धक दस नेपाली अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को पहलमा आइतबार साँझ काठमाडौं आइपुगेका छन् । अफगानिस्तानस्थित एजेन्टले राजधानी काबुलबाट तीन घन्टाको दूरीमा रहेको बाग्राम लगेर एक अफगानीको घरमा अलपत्र छाडेपछि उनीहरू बन्धक बनाइएका थिए । 'अफगानी घरमालिक इस्लामुद्धिनले हामीलाई बन्दुक र छुरी देखाएर धम्क्याइरहन्थ्यो, कुटपिट गथ्र्यो,' बन्धक भएर पनि गोप्य तबरमा नेपालमा सम्पर्क राखेर मुक्त हुन पहल गर्नेका प्रमुख इलामका लीलबहादुर काफ्लेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कान्तिपुरसँग भने, 'डेढ महिनासम्म जीवन मृत्युकै दोसाँधमा रह्यौं, आज बाँचेर आफ्नो माटोमा फिर्न पाउदा बल्ल बाँचियो भन्ने लागेको छ ।' अफगानिस्तानमा सुरक्षा गार्डको काम दिने भन्दै काठमाडौं, दिल्ली र काबुलस्थित तीनजना दलालको नेटवर्कले बढीमा एक वर्षदेखि अलपत्र पार्दै आएका यी कामदारहरूले जनही कम्तीमा ४ लाख रुपैयाँ एजेन्टलाई बुझाएका थिए । भारतको दिल्ली विमानस्थल हुँदै अफगानिस्तान पठाउने एजेन्टहरूमा सुमित्रा राई (काठमाडौं), मिलन थापा (दिल्ली) र गोपाल (खेतार) कार्की (काबुल) छन् । दस नेपाली बन्धक बनेको समाचार आएपछि परराष्ट्र मन्त्रालय, इस्लामावादस्थित नेपाली दूतावास र आईओएमलगायतले तदारुकता देखाउँदै बन्धक परेका नेपालीसामु गत मंगलबार साँझ मात्रै उपस्थिति जनाउन सकेका थिए । कामदारहरूमध्ये ७ जनाको पासपोर्ट र अन्य कागजात लिएर अफगानी घरमालिक भागेकाले उनीहरूका लागि ट्राभल डकुमेन्टको व्यवस्था गराएर आईओएमले काठमाडौं ल्याउन विशेष पहल गरेको थियो । काठमाडौंबाट आईओएम उपप्रमुख शिखा अलीले यी नेपाली नागरिकलाई उद्धार गर्न विशेष तदारुकता देखाएकी थिइन् । 'बन्धक' बनाइएकामा लीलबहादुरसहित जनक ढकाल (स्याङ्जा), दिनेश तामाङ (संखुवासभा), रामनन्द राई (भोजपुर), धनबहादुर गुरुङ (तनहुँ), सुवासचन्द्र राई (खोटाङ), राजेन्द्र मिश्र (झापा), जितेन्द्र गुरुङ (तेह्रथुम), चूडामणि राई (मोरङ) र शशांक थापा (ललितपुर) छन् । उनीहरूका अनुसार काठमाडौंमा रहेकी दलाल सुमित्रा राई भने खोटाङस्थित नेपाली कांग्रेसका उपल्लो स्तरका नेताकी बहिनी हुन् । उनले त्यही बलमा काठमाडौंमा बसेर आफ्नो धन्दा चलाइरहेकी छन् । अफग
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com