NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ १२ २०७०
आईतबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी - प्रोफेशनको पीडा !!!

हामीहरू समाजमा रहेर भिन्न भिन्न पेशा वा काममा लागेका हुन्छौँ र प्राय: सबैलाई आ-आफ्नो पेशा भन्दा अर्कोको पेशा सहज, राम्रो र आकर्षक लागेको हुन्छ । कुनै एउटा काम वा पेशामा आबद्ध भएपछि लामो समयसम्म एउटै र एकोहोरो समान काममा लाग्नुपर्ने र उही प्रकृति र प्रक्रियाको उपक्रम बारम्बार पुनरुक्त हुँदा मानिसहरूमा आफ्नो काम प्रति वितृष्णा समेत जाग्ने रहेछ । हुन त विषय र प्रसङ्ग भिन्नै थियो, तर महान वैज्ञानिक अल्बर्ट अनस्टाइनले समेत एक पटक “If I had only known, I would have been a locksmith.” भनेर आफू वैज्ञानिक भएको प्रति पश्चाताप व्यक्त गरेका छन् । जीवनको कुनै मोडमा पुग्दा उनलाई आफू वैज्ञानिक भएकोमा भन्दा ताल्चा साँचो बनाउने (कतै कतै घडी बनाउने भन्ने उल्लेख गरिएको छ) साधारण मेकानिक भएको भए सन्तुष्टि मिल्ने सोच आयो । के त, हामी आ-आफ्नो पेशा प्रति यस्तै सोच राख्छौं त ? । के कुनैपनि पेशा मानिसलाई लामो समयसम्म सन्तुष्टि दिन असफल हुन्छ त ? । वा के कुनै पनि पैसा, प्रतिष्ठा र लोकप्रियता दिने पेशा सधैंको लागि आकर्षक वा निरन्तरको आबद्धतामा पनि रुचिपूर्ण रहि रहन सक्छ त ? । आजको पोस्टमा म, मेरो आफ्नो वृत्तभित्र रहेका वा मैले प्रतक्ष्य रूपमा चिनेका केही विविध पेशागत चरित्रहरूको अनुभूति राख्दैछु । यसमा रहेका सबै चरित्र, भनाइ र अनुभवहरू सत्य घटना हुन। कसैको वास्तविक जीवनसँग मेल नखाएमा मात्रै यो संयोग हुनेछ । राष्ट्रपति कि डक्टर: एकजना नेपालीको हिसाबले हेर्दा, जनताको छोराले प्राप्त गर्नसक्ने सबैभन्दा उच्च ओहदा भनेको हालको लागि नेपालको सम्मानित र गरिमामय राष्ट्रपतिको पद हो । यहाँको राजनैतिक सोच र त्यो पद प्रतिको लालसा हेर्दा त्यो पद पाउन यहाँ देशका ‘प्रकाण्ड’ मानिएका नेताहरूले पनि गजब गजब तमासा र तिकड्म गरेका थिए । तर गणतान्त्रिक नेपालमा प्रथम राष्ट्रपति रामवरण यादवले भने त्यो पदमा बहाली भएको केही समयपछि नै वितृष्णा जागेर “राष्ट्रपति भन्दा डाक्टरI पेशा नै राम्रो” भनेको धेरै भएको छैन् । त्यो भनाइ आउनुमा धेरै कारक तत्वहरू होलान्, तर कुरा भने प्रष्टै भएको हो । जतिसुकै गरिमामय, सम्मानित र उच्च ओहदा भएपनि त्यो काम पनि सधैंको लागि रूचिपूर्ण नहुने रै’छ । अनि के डक्टरी पेशा साँच्चै त्यस्तो हो त: राष्ट्रपतिले राष्ट्रपति भन्दा डाक्टरी पेशा राम्रो भने पनि अधिकांश डाक्टरहरू भने त्यस्तो सोच्दैनन्

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004