NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ९ २०७०
बिहिबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

eKantipur - रक्तचन्दन तस्करी रोकिएन

बझाङ, असार २२ - प्रहरीले ठूलो परिमाणमा रक्तचन्दन बरामद गरेको चार महिनापछि पुनः बझाङबाट चीन तस्करी हुन लागेको छ । गत चैतमा भारतबाट ल्याएको रक्तचन्दन स्थानीय साइपाल नाका हुँदै चीन लग्दै गर्दा प्रहरीले सदरमुकाम नजिकै बरामद गरेको थियो । यसपटक भारतबाट पहिले नै ल्याएर रिठापाटाको बारिल भन्ने ठाउँमा लुकाइएको रक्तचन्दन असार १४ गते चिनियाँ सीमा क्षेत्रमा लगिएको स्रोतले बतायो । स्रोतका अनुसार १५ क्विन्टल रक्तचन्दन ४० जना भरिया प्रयोग गरी निकासीका लागि लगिएको हो । अघिल्लोपटक अछाम र बाजुराका भरिया प्रयोग गरेकाले बाहिर जानकारी भई समातिएका कारण यसपटक स्थानीयलाई प्रयोग गरिएको स्रोतले जनायो । भरियालाई खाना खाएर दैनिक एक हजारका दरले ज्याला दिएको स्रोतले बतायो । स्रोतका अनुसार बारिल भन्ने ठाउँबाट जंगलको बाटो हुँदै नेपालको सिमाना साइपाल पुर्‍याउन १८ देखि २० दिन लाग्छ । रक्तचन्दन निकासी हुँदै गरेको सूचना पाएपछि प्रहरी निरीक्षक सागर बोहोरा नेतृत्वको टोली सम्भावित स्थानमा पठाएको प्रहरी प्रमुख सूर्य केसीले जनाए । 'रक्तचन्दन निकासी हुँदैछ भन्ने सुनियो तर कहाँबाट हो थाहा हुन सकेको छैन,' उनले भने । प्रजिअ हरि प्याकुरेलले भने, 'रक्तचन्दनबारे सुन्नेबित्तिकै प्रहरी, वन कार्यालय र अनुसन्धानका कर्मचारीलाई परिचालन गरेका छौं, तर भेटिएको छैन ।' वर्षातको समय भएकाले खोजी गर्न केही समस्या भएको प्रजिअले बताए । यसअघि चैत महिनामा ३६ क्विन्टल रक्तचन्दनसहित ७२ भरियालाई पक्राउ परेका थिए । प्रकाशित मिति: २०६९ असार २२ ०९:३३

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004