cancel
यतिखेर रोजगारीका लागि विदेशिने युवाको संख्या दिनहुँ बढिरहेको छ भने पढ्न जानेको घुइँचो पनि उर्लन थालेको छ। हातमुख जोड्ने माध्यम नभएपछि विदेशी भूमिमा शरण पर्न जानु अस्वाभाविक होइन। देशभित्रै कामकुरोको जोहो मिलाइदिने हो भने पक्कै यहाँका युवक, युवतीलाई विदेशमा भौंतारिइरहनुपर्ने थिएन। ठूलठूला नारा, भाषण र राजनीतिक दलका टुटफुटका नौटंकीबाहेक हातलागे शून्यको अवस्थामा आम युवा विरक्तिँदै मुग्लानिनु अनौठो कुरो भएन। हुँदाहुँदा पढ्न जाने विद्यार्थीको संख्यासमेत हृवात्तै बढेको छ। पढाइको बहाना गरी विदेश पुग्ने र त्यहाँ काम गर्ने कथित विद्यार्थीको कुरो होइन। तिनलाई एकातिर राखेर साँच्चिकै पढ्न जाने विद्यार्थीको चाप हेर्दा पनि आश्चर्य लाग्छ। वर्षेनि हजारौं विद्यार्थी पढाइकै लागि नेपाल छाडिरहेका छन्। छात्रवृत्ति पाएर पढ्न जानेको कुरो गर्न खोजिएको होइन, मोटै रकम चढाएर विदेश जाने विद्यार्थी यतिखेर चिन्ताका विषय बनेका छन्। छापा तथा टेलिभिजन, रेडियोमा व्यापक ढंगमा भइरहेका विज्ञापनबाट पनि वैदेशिक शिक्षालयका लागि नेपाल उम्दा बजार रहेको बुझ्न गाह्रो पर्दैन। रहनसहन, भाषाबोली मिल्ने भारतका विश्वविद्यालय मात्र होइनन्, एक-डेढ वर्ष भाषा सिकेर मात्र पढाइमा प्रगति गर्न सकिने चीनका विश्वविद्यालय पनि छात्र, छात्रा आकषिर्त पार्न तँछाडमछाड गरिरहेका छन्। एमबीबीएस, नर्सिङ, इन्जिनीयरिङ आदि विषयका लागि बंगलादेशका विश्वविद्यालय पनि निकै सुरिँदै आएका छन्। युरोप, संयुक्त राज्य अमेरिका, अस्टे्रलिया आदिका विश्वविद्यालय पनि नेपाली विद्यार्थी तान्न माहिर छन्। डेनमार्क, टर्की, युक्रेन, फिलिपिन्स, जापान, थाइल्यान्ड आदिका विश्वविद्यालयको चुम्बकत्व पनि नेपाली विद्यार्थीमाझ कम छैन। जेहनदार, मेधावी विद्यार्थीभन्दा पनि दामदार विद्यार्थी सबैका चाहना बनेका छन्। भर्खर एसएलसी उत्तीर्ण गरेका विद्यार्थीदेखि १२ नतरिसकेका विद्यार्थीलाई समेत अनेक आकर्षण देखाई आफूतिर तान्ने जोडदार प्रयास गर्न कोही चुकिरहेका छैनन्। अखबारका पाना र टेलिभिजनका पर्दामा देखिने लोभलाग्दा विज्ञापनले विद्यार्थीलाई मात्रै होइन, अभिभावकलाई समेत लट्ठ बनाइरहेका छन्। तारे होटलहरूमा गरिने छलफल, अन्तक्रिर्या आदि कार्यक्रमले थप मोहनी लगाएका छन्। विश्वविद्यालय पिच
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com