cancel
लामखुट्टे, मुसा, साङ्लाजस्ता कीरा मार्न रासायनिक विषादी प्रयोग गर्दै हुनुहुन्छ भने एकपटक विचार पुर्याउनुस्। त्यसको प्रयोगबाट तपाईंको स्वास्थ्य त बिग्रँदै छैन। घरेलु विषादीको प्रयोगबाट अशिक्षित समुदाय मात्र होइन, शिक्षित वर्गसमेत अछूतो नरहेको विज्ञहरू बताउँछन्। नकारात्मक असरबारे अनभिज्ञताकै कारण घरेलु विषादी धेरै प्रयोग हुने गरेको पाइएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान -नास्ट)ले हालसालै काठमाडौं उपत्यकामा गरेको सर्वेक्षणमा ७० प्रतिशतभन्दा बढी उपत्यकावासीले घरेलु विषादी प्रयोग गर्ने गरेको खुलासा भएको छ। नास्टको विज्ञान संकायअन्तर्गत 'नेशनल प्रडक्ट रिसर्च ल्याब'ले दुई वर्षको अवधिमा गरेको अनुसन्धान/सर्वेक्षणले कुल घरेलु विषादी प्रयोगकर्तामध्ये ५० प्रतिशतले लामखुट्टे मार्ने विषादीको प्रयोग गर्ने गरेको देखाएको छ। नेपालमा लामखुट्टे मार्न प्रयोग हुने विषादीमध्ये पनि ७० प्रतिशतले झोल, २० प्रतिशतले क्वाइल -धुप), आठ प्रतिशतले म्याट र दुई प्रतिशतले क्रिम प्रयोग गर्ने गरेका छन्। सन् २००९ मा मात्र एक अर्ब रुपियाँ बराबरको कीटनाशक विषादी -२६० टन) र जनस्वास्थ्यमा प्रयोग हुने विषादी २७ टन नेपाल भित्रिएको सरकारी तथ्यांक छ। "एक वैज्ञानिक अनुसन्धानले एउटा लामखुट्टे मार्ने धुप बाल्दा ५१ वटा चुरोटले निकाल्ने नशालु ग्यास र 'कार्बोनाइल कम्पाउन्ड' -एकप्रकारको विषालु ग्यास) निस्कने देखाएको छ। धुवाँमा अत्यन्तै मसिना -२.५ पीएम)का धूलोका कणहरू निस्कछन्� जुन मानव स्वास्थ्य तथा वातावरणका लागि ज्यादै हानिकारक हुन्छन्", अनुसन्धानमा सरिक वरिष्ठ वैज्ञानिक अधिकृत डा. कान्ति श्रेष्ठले भन्नुभयो। उहाँले ती मसिना धुलाका कणले दम रोगसमेत पैदा गर्ने भएकाले प्रयोग गर्दा सचेत हुन आग्रह गर्नुभयो। कृषि विषादीको आयातनिर्यात, बिक्रीवितरण र व्यावसायिक प्रयोगलाई नियमन गरी व्यवस्थित गर्ने गराउने उद्देश्यले जीवनाशक विषादी ऐन, २०४८ र जीवनाशक विषादी नियमावली, २०५० र २०६१ सालको नयाँ सांगठनिक संरचनाअनुरूप कार्यालयको नाम परिमार्जन गरी विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखा रहेको छ। तर हालसम्म घरेलु कीटनाशक विषादी नियन्त्रण गर्न कानून नै छैन भने यसको अनुगमन गर्ने निकाय कुन हो भन्न कठिन
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com