cancel
ललितपुर, असार २२ - स्थानीय बासिन्दा र राजनीतिक दलहरूको तीव्र विरोधकै बीच सरकारले ठूलो संख्यामा प्रहरी बल तैनाथ गरी सरकारले ललितपुरको सुन्दरीघाटमा सुकुम्बासीका लागि टहरा बनाउन सुरु गरेको छ । प्रहरी घेराबन्दीमा बाँस गाडेर धमाधम टहरा निर्माण कार्यलाई तीव्र पारेको छ । निर्माणस्थलमा व्यापक प्रहरी परिचालन गरी स्थानीय बासिन्दालाई त्यसक्षेत्रमा जान रोक लगाएको छ । सरकारले झन्डै पाँच सयको हाराहारीमा हतियारधारी प्रहरी परिचालन गरेको छ । जबर्जस्ती निर्माण सुरु गरेपछि त्यसको विरोधमा स्थानीय बासिन्दाले बिहीबार बिहान दुई घन्टा धोबीघाट रिङरोडमा चक्काजाम गरी नाराजुलुस प्रदर्शन गरेका थिए । स्थानीय बासिन्दाले कुनै पनि हालतमा सुकुम्बासी राख्न नदिने बताउँदै दिनहुँ प्रदर्शन जारी राख्ने बताएका छन् । मलपोखरी संघर्ष समितिका अध्यक्ष सूर्यमान महर्जनले अब जग्गा फिर्ताको माग राखिने बताए । 'सरकारले २०३२ मा ढल प्रशोधन गर्न भनेर हामीलाई सुकुम्बासी बनाएर जग्गा अधिग्रहण गर्यो,' महर्जनले भने, 'सुकुम्बासीको नाममा करोडौंको जग्गा बाँड्ने खेलमा सरकार लागेको छ, यस्तो जग्गा पाइने भए को सुकुम्बासी बन्दैन ?' ढल प्रशोधनका लागि सरकारले अधिग्रहण गरेको जग्गा राष्ट्रिय हितबाहेकका काममा प्रयोग हुन थालेको भन्दै उनीहरूले जग्गा फिर्ताका लागि शान्तिपूर्ण रूपमा कब्जा गर्ने चेतावनी दिएका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै स्थानीयले बिहीबार बिहान करिब डेढ घन्टा ललितपुर चक्रपथ र आसपासका क्षेत्रमा चक्काजाम गरेका छन् । अपराह्न मसाल जुलुस निकालेका उनीहरूले दलहरूको सहयोगमा शुक्रबारदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । प्रहरीले टहरा निर्माण नरोकेको र सुन्दरीघाटमा सुकुम्बासी सार्ने निर्णय फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सुकुम्बासी राख्ने क्षेत्रमा 'माथि' को निर्देशनअनुसार तत्कालका लागि शान्तिसुरक्षाको व्यवस्थामात्रै गरिएको जनाएको छ । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले सरकारी परिपत्रअनुसार शान्ति सुरक्षाको व्यवस्थामात्रै गरिएको बताए । 'मन्त्रिपरिषद्बाटै सुन्दरीघाटमा सुकुम्बासीलाई बसोबा
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com