cancel
युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले पर्वत चित्रे-५ का ३० वर्षे दुर्गाबहादुर सुनारको मृत्युदण्डको सजाय कार्यान्वयन हुन तीन महिनामात्र बाँकी छ। नौ वर्षअघि रोजगारीको सिलसिलामा युएई पुगेका सुनार एक नेपालीको हत्या आरोपमा त्यहीँको जेलमा छन्। सुनारलाई सुनसरी हाँसपोसा-२ का गणेशबहादुर बस्नेतको हत्या आरोपमा युएईको सारजहाँस्थित अदालतले सुनारलाई झुण्डाएर मृत्युदण्ड दिने सजाय सुनाएको थियो। इस्लामिक कानुनअनुसार अदालतले सजाय (मृत्युदण्ड) माफीका लागि पीडित परिवारसँग सहमति गर्न उनलाई आगामी सेम्टेम्बरसम्मको समय दिएको छ। तर, बस्नेतका परिवार नभेटिएपछि सुनारले सजाय माफी पाउने सम्भावना क्षीण बनेको छ। 'अदालतको फैसलाअनुसार सजाय माफीका लागि सहमति गर्न हामीले मारिएका बस्नेतको परिवार खोजी गर्यौं,' सुनारका गाउँले राजेन्द्रकुमार गुरुङले नागरिकसँग भने, 'परराष्ट्र मन्त्रालयसमेत पुग्यौं तर बस्नेतको परिवारको केही पत्तो लाग्न सकेन।' सारजहाँमा मारिएका बस्नेतको साथमा भेटिएको राहदानी र नागरिकतामा उनको स्थायी ठेगाना 'सुनसरी,
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com