cancel
सरकारले समायोजन रोजेर बसेका पूर्वलडाकुको भर्ना छनोट प्रक्रिया एकतर्फी रूपमा थालेकोमा विपक्षीहरूले आशंका गरेका छन् । लडाकु समायोजन विशेष समितिमा रहेका कांग्रेस- एमालेतर्फका सदस्यहरूले समितिको बैठकै नराखी र आफूहरूलाई जानकारी नदिई प्रक्रिया अगाडि बढाएबाट सरकारको नियतमा खोट देखिएको बताएका हुन् । लडाकुबारे वैधानिक निर्णय लिने निकाय विशेष समिति हो । प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको ८ सदस्यीय समितिमा कांग्रेसबाट रामशरण महत, मिनेन्द्र रिजाल, एमालेबाट ईश्वर पोखरेल र भीम रावल गरी ४ सदस्य छन् । समितिले सबै निर्णय सर्वसम्मत रूपमा लिनुपर्छ । तर सरकारको निर्देशनअनुरूप लोकसेवा आयोगको कार्यबाहक अध्यक्ष कयोदेवी यमी नेतृत्वको भर्ना छनोट समितिले बुधबारबाट सातै शिविरमा पुगी काम थालेको छ ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com