cancel
काठमाडौं फनपार्कले करिब एक अर्ब रुपैयाँ लागतमा थानकोटदेखि चन्द्रागिरिसम्म केबलकार चलाउने भएको छ । डेढ वर्षभित्र निर्माण पूरा हुने यो केबलकार मनकामनापछि दोस्रो हुनेछ। 'जग्गा लिजमा लिने र किन्ने काम सकिएको छ,' केवलकारका लगानीकर्ता तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बिहीबार नागरिकसँग भने, 'डेढ वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ।' विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरेर केबलकार निर्माण गरिने लगानीकर्ताले बताएका छन्। निर्माण पूरा भएपछि वार्षिक ५ सयजनाले रोजगारी पाउनेछन्। चन्द्रागिरिदेखि थानकोटसम्म जाँदा-आउँदाको शुल्क ४ देखि ५ सयसम्म लाग्ने अनुमान छ। फन पार्कमा आइएमई समूहका ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हाथवे इन्भेस्टमेन्टका प्रबन्ध सञ्चालक अम्बिका पौडेल र एलिट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ज्ञानबहादुर जिसीको लगानी छ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com