cancel
एमालेले पार्टी विधान र पद्घतिविपरीत गुटगत क्रियाकलाप गरेको तथा अवाञ्छित गतिविधिमा संलग्न भएको भन्दै असन्तुष्ट नेताहरूसँग स्पष्टीकरण मागेको छ । उनीहरूलाई ७ दिनभित्र पार्टीको कुन विधान, नियमावली तथा निर्णयका आधारमा गुटगत र अवाञ्छित गतिविधि गरेको हो, प्रस्ट पार्न भनिएको छ । एमाले अनुशासन आयोगको बिहीबारको बैठकले केही समयदेखि फरक विचार र असन्तुष्टिको नाममा भएका गतिविधिहरू पार्टीको निर्णय र विधानसम्मत नरहेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पार्टी मर्यादा र अनुशासन ख्याल गरी त्यस्ता गलत क्रियाकलाप अविलम्ब बन्द गर्न आयोगले निर्देशन दिएको छ । एकल जातीय पहिचानसहितको राज्यको पक्षमा पार्टी नभएको र संविधानसभा विघटनको दोषी एमाले पनि भएको आरोप लगाउँदै उपाध्यक्ष अशोक राईलगायत एक दर्जन केन्द्रीय नेताले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएका छन् ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com