NepalUpclose.com
LOADING

Click here to cancel or press 'Escape' key
Show post details Share in facebook Read Comments / Write Comments GO BACK TO NEWS LIST
 
Register/Login
जेष्ठ ७ २०७०
मंगलबार
Home News Blogs Classifieds Videos Music Games  
 

cancel

cancel

Gorkhapatra - इजरायलमा रोजगारी सम्भावना

बढ्दो बेरोजगारीको समस्या झेल्दै आएको नेपालका लागि इजरायल नयाँ रोजगारी गन्तव्य बन्न सक्ने भएको छ। राजधानीमा बुधबार इजरायली राजदूत हनान गोदरले इजरायल सरकारले ८० हजार नेपाली युवालाई घरेलु तथा कृषि कामदारका रूपमा रोजगारी दिने तयारी गरिरहेको बताउनु भएपछि यस्तो सम्भावना बढेको हो। अहिले पनि इजरायलमा झण्डै आठ हजार नेपालीले रोजगारी पाइरहेका र थप यस्तो सङ्ख्याले रोजगारीको सम्भावना बढ्ने देखिएको छ। घरेलु र कृषि कामदारका रूपमा काम पाउन तालिम तथा ज्ञानका लागि खासै धेरै रकम खर्चनु नपरे पनि त्यहाँको रहनसहन, भाषा तथा काममा दक्षताको आवश्यकतामा भने नेपाली कामदारले आफूलाई खरो रूपमा उतार्नु आवश्यक छ। सन् २००९ मा नेपाली कामदार पठाउने क्रममा भएका कमीकमजोरी र अनियमितालाई इजरायलले गम्भीरतापूर्वक हेरेको र त्यसमा सुधार गर्नुपर्ने आवश्यकता राजदूत गोदरले औल्याउनु भएको सन्दर्भमा नेपाल सरकारले स्पष्ट विधि पुर्‍याएर कामदार छान्ने प्रक्रिया र संयन्त्र बनाउनु आवश्यक देखिएको छ। केही विवाद र अनियमितताका चर्चा-परिचर्चा भए पनि कोरियामा कामदार पठाउन अपनाइएको प्रक्रिया निकै सफल र पारदर्शी देखिएको अनुभव इजरायलका सम्बन्धमा पनि अपनाउन सकिन्छ। नेपाल र इजरायले पारदर्शी र नियमसङ्गत आधारमा दक्ष कामदार पठाउने र लिने प्रक्रिया थालेर दौडधुपबाट होइन दक्षताबाट इजरायल जान पाइन्छ भन्ने सन्देश दिन सके भने नेपाली कामदारलाई दक्षतामुखी बनाउन यस्ता प्रक्रियाले विशेष सहयोग गर्नेछन्। केही साझा राजनीतिक, सँास्कृतिक र भौगोलिक विशेषता मिलेर पनि नेपालीहरू इजरायललाई उच्च महत्व र गरिमामा राख्दछन्। १४ मे १९४८ मा स्थापना भएको इजरायल र वि.सं.२०१५ सालमा संसदीय प्रजातन्त्रमा प्रवेश गरेको नेपालबीच १ जुन १९६० मा पहिलो कुटनीतिक सम्बन्ध स्थापना गर्नुभएका प्रथम निर्वाचित तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले त्यही वर्ष इजरायलको भ्रमण गर्नुभएको थियो। इजरायली तत्कालीन राष्ट्रपति जालमान साजरले सन् १९६६ मा नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो। लामो समय इजरायल निरन्तर रूपमा राष्ट्रियताका लागि लडिरहृयो नेपाल प्रजातन्त्रका लागि। विगतमा नेपाल विश्वको एक मात्र हिन्दु राष्ट्र, इजरायल एक मात्र यहुदी मुलुक विश्वको। हाम्रोभन्दा प्रतिकुल मौ

cancel

Regisered users please login

E-mail
Password

Forgot your password?

Not yet registered? Start here.

All fields are mandetory.
Full Name
Email
Must be a valid email address.
Password
Confirm

cancel

Current Password
New Password
Confirm Password

cancel

Post your comment below.


cancel

Contact us

Please fill up the form below.
Name
E-mail
Message:

close

If you want to put a link to NepalUpclose.com into your website or your blog, then you can copy/paste following HTML code:

<a href="http://www.NepalUpclose.com" target="_blank">
<img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" />
</a>

cancel

close

close






Link Us Bookmark Share Become a fan Follow Us NU Blog Contact us

2010 NepalUpclose.com

  SPACE FOR AD
CODE:1002
 
SPACE FOR AD
CODE:1003
  SPACE FOR AD
CODE:1004