cancel
नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका प्रतिपक्षी दलहरूले राष्ट्रपति डा. रामवरण यादवलाई सामूहिकरूपमा भेटी काम चलाउ सरकारले अध्यादेशमार्फत ल्याउन खोजेको बजेट आफूहरूले स्वीकार नगर्ने जानकारी गराउँदै सहमतिबिना आउने त्यस्तो आर्थिक अध्यादेश स्वीकृत नगर्न आग्रह गरेका छन्। सरकार काम चलाउ भइसकेको कुरा स्वयम् राष्ट्राध्यक्षबाटै घोषणा भएको एक महिना नाघिसकेको अवस्था छ तर सहमतिका लागि वर्तमान काम चलाउ सरकार नै बाधक बनिरहेको भन्दै प्रतिपक्षी दलहरूले राष्ट्रपतिसमक्ष लिखित रुपमा नै पूर्ण बजेट ल्याउने गरी सरकारले ल्याउने तयारी गरेको अध्यादेश स्वीकृत नगर्न आग्रह गरेका छन्। राष्ट्रपति डा. यादवसँग बुधबार शीतल निवासमा भेटी विपक्षी दलले संविधान विपरीत आउने पूर्ण बजेटलाई राष्ट्रपतिले संविधानको धारा ८८ बमोजिम अस्वीकृत गर्ने अधिकार रहेको दाबी गरका छन्। विगतका नजीर र परम्परा हेर्दा पनि हुन्छ काम चलाउ सरकारले पूर्ण बजेट ल्याएको इतिहास छैन।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com