cancel
गल्फका शिवराम श्रेष्ठ र भारोत्तोलनकी तारादेवी पुन पल्सर स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १० औं संस्करणमा गल्फ र भारत्तोलनका खेलाडीले पहिलो पटक प्रमुख उपाधि हात पारेका हुन्। भारत्तोलनसहित क्रिकेट र एथ्लेटिक्सले अवार्डमा २-२ विधा जित्यो। शिवरामले वर्षको पुरुष खेलाडी बन्नेक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, पौडीका शैलेश राणा, एथ्लेटिक्सका तिलकराम थारु र घोड चढीका ध्रुवप्रसाद अर्याललाई उछिने। शिवरामले सुर्य नेपाल गल्फ टुरको ११ मध्येको ७ उपाधि जितेका थिए। २०६८ मा दुई पटक आयोजना भएको सुर्य नेपाल मास्टर्समा उनी दुवै पटक तेस्रो भएका थिए। प्रोफेसनल गल्फ टुर अफ इन्डियाको सन् २०१२ को छनोटमा बिदेशीतर्फ दोश्रो हुँदै शिवराम 'फुल कार्ड' लिन सफल भएका थिए। २०११-१२ को सिजनमा शिवरामले ९ लाख ९ हजार ६ सय रुपैंया पुरस्कारमा पाएका थिए। पारसको कप्तानीमा नेपाल घरेलु भुमिमा एसिसी ट्वान्टी-२० कपको सेमिफाइनलमा, विश्व ट्वान्टी-२० छनोटमा सातौं स्थानमा उक्लिएको थियो। उनकै नेतृत्वमा नेपाल एपिएफ क्लबले एकदिवसीय राष्ट्रिय र छैटौं राष्ट्रिय खेलकुदमा पहिलो भएको थियो। ध्रुवप्रसादले श्रीलंकाको हम्बनटोटामा सम्पन्न पहिलो दक्षिण एसियाली बीच खेलकुदमा व्यक्तिगत तर्फ १ स्वर्ण र १ रजत जितेका थिए। टिम स्पर्धामा उनले नेपाललाई २ कास्य दिलाएका थिए। शैलेशले छैटौं राष्ट्रिय खेलकुदमा १० स्वर्ण र चार रजत जितेका थिए। २ सय मिटर व्यक्तिगत मिडले उनले २ मिनेट ३१.८७ सेकेन्डमा पुरा गरी राष्ट्रिय कीर्तिमान बनाएका थिए। ओलम्पिक तयारीका लागि लन्डनमा रहेका तिलकरामले नेसनल ओपन च्याम्पियनसिपमा १ सय र ४ सय मिटरमा स्वर्ण जितेका थिए। वन्त स्पि्रन्टमा १ सय र ४ सय मिटरमा स्वर्ण जित्दा ४८.३२ सेकेन्डमा पुरा गर्दै ४ सय मिटरमा राष्ट्रिय कीतिमान बनाएका थिए तिलकरामले। उनले राष्ट्रिय खेलकुदमा ४ स्वर्ण र १ रजत जितेका थिए। तारादेवीले छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तलनको ६९ केजीमा क्लिन एन्ड जर्कमा ९१ केजी र कूल तर्फ १ सय ५७ केजी उचाल्दै नयाँ कीर्तिमान बनाउनुका साथै स्ट्रङगेस्ट वुमन घोषित भएका थिए। साथै उनले नेपालगञ्जमा सम्पन्न प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनशिपमा स्वर्ण र प्रथम खुल्ला भारोत्तोलन ग्राँपिमा पनि राष्ट्रि
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com