cancel
पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजाभन्दा अरू भूमिकामा रहन नचाहेको बताउनुभएको छ। जिल्ला भ्रमणको क्रममा मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्रले भन्नुभयो– “म राजा हुँ, राजाभन्दा तल गएर बस्दिनँ।” तपाईं राष्ट्रपति बन्न खोज्नुभएको हो? भन्ने प्रश्नमा उहाँले भन्नुभयो– “यो जनताले निर्णय गर्ने कुरा हो, जनतालाई सोध्नुस्।” उहाँले अब मुलुकले नयाँ शक्ति खोजेकोे पनि जनाउनुभयो। दलहरूबीच सहमतिको प्रयास भइरहेको अवस्थामा पूर्वराजाले भन्नुभयो– “सहमतिको रटान सुनिरहेको छु। त्यो कहिले आउने हो थाहा छैन।” पूर्वराजा ज्ञानेन्द्रले संघीयता नेपालका लागि राम्रो नभएको भन्दै संघीयताको खुलेरै विरोध गर्नुभयो।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com