cancel
एकीकृत नेकपा -माओवादी), नेपाली कांग्रेस, नेकपा -एमाले) र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मंगलवार साँझ बसेको बैठक सकारात्मक रहेको भनिए पनि बैठकबाट कुनै निष्कर्ष निस्कन भने सकेन। लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा साँझ बसेको बैठकमा अध्यक्ष प्रचण्डले छलफलका लागि चारबुँदे प्रस्ताव राख्नुभएको थियो। मधेशी मोर्चाको एकघटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार अध्यक्ष प्रचण्डले संविधानसभाका विवादित विषय, सरकार परिवर्तन, संविधान जारी गर्ने विषय तथा बजेट गरी चार मुख्य प्रस्ताव बैठकमा पेस गर्नुभएको थियो। चार प्रस्तावमा छलफल हुँदा कांग्रेस र एमालेले पहिला सरकारको विषयमा टुंगो लगाएर मात्र अरु विषयमा प्रवेश गर्नुपर्ने अडान लिएपछि अन्य विषयमा गहिरो छलफल नभएको बताइन्छ। अध्यक्ष महतोले कांग्रेस र एमालेले पहिला सरकार अनि मात्र अरु विषयमा कुरा गर्ने प्रस्ताव ल्याएपछि अन्य विषयमा कुरा हुन नसकेको बताउनुभयो। प्रचण्डले संविधानका विवादित विषयमा टुंगो नलागेसम्म सरकार परिवर्तनको कुरा नआउने प्रस्ट रूपमा राखेको महतोले बताउनुभयो। पाँचबुँदे सम्झौता अनुसार संविधान जारी भएपछि कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने सहमति भएको अवस्थामा अब पुनः सरकारकै लागि अर्को सहमति गर्नु न्यायसंगत नहुने तर्क सत्ताधारी दलहरूले राखेको बताइन्छ। अध्यक्ष महतोले भन्नुभयो- 'सविधानको विषयमा टुंगो नलगाई सरकारको विषयमा सहमति गरे संविधान कुनै पनि हालतमा बन्दैन। सरकार निर्माण गर्दैमा समय खेर जाने भएकाले पहिला संविधानका विवादित विषयमा टुंगो लगाएर मात्र अन्य विषयमा छलफल हुने अडान हामीहरूको रहेको छ।' उहाँले संविधानका विवादित विषयमा सहमति भए मात्र संविधानसभा पुनःस्थापना गर्न सकिने धारणा आफूहरूको रहेको बताउँदै सहमति नभए संविधान निर्माण गर्नका लागि चुनावमा जानुबाहेक अरु कुनै विकल्प नरहेको बताउनुभयो। उहाँले कुनै विषयमा सहमति नभए पनि छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिँदै सहमति गरेर अगाडि बढ्नेे सहमति भएको बताउनुभयो। बैठक अध्यक्ष प्रचण्डको निमन्त्रणामा बसेको थियो। बैठक बिहान ८ बजेका लागि बोलाएको थियो तर एमालेका अध्यक्ष झलनाथ खनालले आफूलाई अगि्रम जानक
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com