cancel
संविधानसभाको विघटनपछि दलहरूबीच उत्पन्न अविश्वास हटाउँदै राष्ट्रिय सहमतिको सरकार गठन र संविधानका विवादित विषयमा सहमति जुटाउने छलफल थाल्न माओवादी र कांग्रेस सहमत भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालाले सोमबार वार्ता गरी मंगलबार नै तीन दल र मधेसी मोर्चाको बैठक बोलाएर छलफल अघि बढाउने सहमति गरेका हुन् । कांग्रेस सभापति कोइरालाले तीन दल र मोर्चाको बैठकमा राष्ट्रिय सहमतिको सरकार, बजेट र संविधानका विषयमा समेत छलफल सुरु हुने बताए । जेठ १४ पछि राजनीतिक दलहरूबीचको संवादहीन अवस्था अन्त्य गर्न कांग्रेसले यसअघिसमेत तीन दल र मोर्चाको बैठक राखेको थियो । त्यसैको निरन्तरताका रूपमा मंगलबार दोस्रो बैठक बस्न लागेको हो । 'उग्रवामपन्थी' र 'उग्रदक्षिणपन्थी' हावी भएर मुलुक नयाँ द्वन्द्वमा जाने खतरा देखेको भन्दै कोइरालाले माओवादी अध्यक्ष दाहाललाई जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेका थिए । उनले सहमति छाडेर सरकार लम्ब्याउने दिशामा मात्रै केन्दि्रत नहुन दाहालसँग विशेष आग्रहसमेत गरे । स्रोतका अनुसार भेटवार्तामा दाहाल पनि सरकारका कामकारबाहीप्रति असन्तुष्ट देखिएका थिए ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com