cancel
विरोधका बीच चिनियाँ राष्ट्रपति हु जिन्ताओले व्यापारी लेउङ चुन इङलाई हङकङको मुख्य नेता तथा प्रमुख कार्यकारीको शपथग्रहण गराएका छन् । बेलायतको स्वामित्वबाट हङकङ चीन सरकारको मातहातमा आएको १५औँ वर्षगाँठको उपलक्ष्यमा हङकङ सम्मेलन तथा प्रदर्शन केन्द्रमा आइतबार आयोजित एक समारोहमा चिनियाँ राष्ट्रपति हुले व्यापारी लेउङलाइ पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । अत्यन्त कडा सुरक्षा व्यवस्था अपनाइएको सो शपथग्रहण कार्यक्रममा बोल्दै राष्ट्रपति हु जिन्ताओले सामाजिक सद्भाव र स्थायित्व कायम राख्न हङकङ प्रशासनसमक्ष आग्रह गरेका छन् । सामाजिक सद्भाव तथा स्थायित्वका लागि जनताको जीवनस्तर सुधार्न अत्यन्त आवश्यक रहेको भन्दै राष्ट्रपति हुले हङकङ प्रशासनले जनचाहनाअनुरूपको नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । साथै, उनले विपन्न वर्ग तथा युवालाई लक्षित गरी कार्यसम्पादन गर्न आग्रहसमेत गरेका छन् । त्यस्तै, आफ्नो मातृभूमि चीन तथा स्वशासित क्षेत्र हङकङलाई माया गर्न सो कार्यक्रममार्फत राष्ट्रपति हुले विभिन्न समूह तथा क्षेत्रका मानिसलाई आग्रह गरेका छन् ।
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com