cancel
ढोंगी समाजमा गजब गजबका ढोंगहरू विद्यमान छन् राजनैतिक ढोंग, सामाजिक ढोंग, पेशागत ढोंग आदि आदि। आज भने म ती सब ढोंग भन्दा पृथक धार्मिक ढोंगको कुरा गर्दैछु । त्यसो त आफूले प्रतक्ष भेट्नु अगाडि पनि यस्ता ढोंगीहरूको बारेमा नसुनेको वा नपढेको भने होइन। तर आफैले प्रतक्ष्य भेटेपछि भने ती ढोंग र धार्मिक ढोंगीका बारेमा नलेखि नहुने भएको छ । त्यसो त धार्मिक ढोंग भित्रै पनि अनगिन्ती ‘ढोंग-कर्महरू’ हुन्छन् तर आज भने त्यसमा पनि धनको लालसा त्यागेका केही महान ढोंगीहरूको चर्चा गर्दैछु: ढोंगी नम्बर एक: पैसा नछुने-नभइ पनि नहुने: करिब ५-७ वर्ष अगाडिको कुरा हो । तिन ताका एउटा प्राइवेट कम्पनीमा जागिरे थिएँ । कम्पनीका ‘साहू’हरू आफूलाई धार्मिक देखाउन रुचाउथें । एकदिन तिनका गुरुले व्यापार फलाउन-फुलाउन अर्को एकजना घागडान महागुरुलाई ल्याएर पूजा गराउनु पर्ने बताएछन् । नभन्दै एकदिन कार्यालयको ठूलो हलमै रातोवस्त्रधारी महागुरु र तीनका ‘भन्तेहरू’ को लाम लाग्यो । ती ‘उपलब्ध’ गुरू सांसारिक विषयबाट माथि उठी सकेका र तीनलाई धनको कुनै मोह नभएको भन्ने कुरा पनि कम्पनीकै साहूको मुखबाट सुनियो । ‘तीनले पैसा नै छुँदैनन्’ भन्ने सुनेपछि भने सुरुमा त मलाई पनि निकै आस्था जाग्यो। तर तिनको क्रियाकलाप सुरु भएपछि भने मनमा चिसो पस्न थाल्यो । दिनभर अनुष्ठान, सङ्ख फुकाइ र घर वरिपरि सवैतिर ‘ध्वजा-पताका’ लगाउने कार्य सुरु भयो । महागुरु कोठै रङ्गभङ्याएर कसैले नबुझ्ने पाठ पढ्थे भने तिनका भन्तेहरू चामल छर्न, घण्ट बजाउन र रङ्गीचङ्गी झन्डाले घर घेर्न व्यस्त देखिन्थे । आफूले कहिल्यै नदेखेको महा अनुष्ठान दिनभर चल्ने स्थिति देखेपछि म सोच्न थालेँ “यी महान आत्माले सधैं यस्तै काम गरे भने यीनको र यीनका ‘असिस्टेन्ट’का दिनचर्या कसरी चल्लान र ! ।”, पैसा नै नछुने भनेपछि यीनले आफ्नो सेवा शुल्क र आफ्ना भन्तेहरूका ‘लेवरचार्च’ कसरी जुटाउँदा हुन ? । किनकी पेट त तीनका पनि थिए र खानु लाउनु तीनलाई पनि पर्थ्यो (भलै रातै बख्खु किन नलगाउन) । अन्ततः अनुष्ठान सक्कीयो र देखियो ढोंग नम्बर एकको अन्तर-रहश्य । महागुरुलाई बिदा गर्ने बेलामा अनुष्ठान लगाउनेहरू लाम लागेर उनलाई दर्शन गर्दै ‘खाता’ चढाउँदै गर्दै थिए । गुरूले पैसा नछुने भएकोले दर्शन गर्ने सबैले पैसालाई जतनसाथ खाताभित्र पट्याएर राख्ने आदेश सुरुमै भन्तेहरूले दिने रहेछन् अनि दर्शन गर्नेहरू सबै
Regisered users please login
Not yet registered? Start here.
Post your comment below.
Contact us
close
<a href="http://www.NepalUpclose.com" target="_blank"> <img src="http://www.NepalUpclose.com/img/logo/logo.jpg" alt="NepalUpclose.com" /> </a>
2010 NepalUpclose.com